Like us!
Follow us!
Connect us!
Watch us!

६ कम्पनीकाे लिलामी सेयर धमाधम बिक्रीमा, हेर्नुस् कुनकाे कति कित्ता ?

अर्थ संसार

आइतबार, ०६ भदौ २०७८, १२ : ०९ मा प्रकाशित

६ कम्पनीकाे लिलामी सेयर धमाधम बिक्रीमा, हेर्नुस् कुनकाे कति कित्ता ?

हाल बजारमा विभिन्न ६ वटा कम्पनीकाे लिलामी सेयर धमाधम बिक्री भइरहेकाे छ । एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेको ३ वटा कम्पनीकाे सेयर, आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेकाे एउटा कम्पनी सेयर र मुक्तिनाथ विकास बैंक तथा मञ्जुश्री फाइनान्सकाे गरी कुल ६ वटा कम्पनीकाे लिलामी सेयर बिक्रीमा भइरहेकाे हाे ।

एनआईसी एशिया बैंक लिमिटेडकाे स्वामित्वमा रहेको ३ वटा कम्पनीकाे सेयर

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको ३ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर भदाै ४ गते, शुक्रबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । बैंकले मेराे माइक्राेफाइनान्सकाे ८६ हजार ३ सय ३९ कित्ता सेयर, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ६ हजार ६५ कित्ता र नागरिक लगानी काेषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे । मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मूल्य ५७६ रुपैयाँ, आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मूल्य ६०३ रुपैयाँ र नागरिक लगानी काेषकाे मूल्य १४१० रुपैयाँ ताेकिएकाे छ ।  

लगानीकर्ताले यस सेयरमा भदौ १८ गते, शुक्रबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले मेराे माइक्राेफाइनान्स र नागरिक लगानी काेषकाे सेयरमा न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । आरएमडीसी लघुवित्तकाे सेयरमा भने न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।  

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मेराे माइक्राेफाइनान्स र आरएमडीसी लघुवित्तकाे हकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा नागरिक लगानी काेषकाे सेयरमा भने एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे स्वामित्वमा रहेकाे फर्स्ट माइक्राेफाइनान्सकाे सेयर

आईसीएफसी फाइनान्सको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको ३ लाख १९ हजार ४ सय १० कित्ता संस्थापक समूहकाे सेयर साउन २१ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ । उक्त सेयरकाे न्युनतम मूल्य ३०० रुपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि भदाै २४ गतेसम्म आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, हात्तिसार कमलादी काठमाडौंमा बुझाउन सकिनेछ ।

मुक्तिनाथ विकास बैंक

मुक्तिाथ विकास बैंक लिमिटेडले साउन १९ गते, मंगलबारबाट १ लाख ५ हजार ४१ कित्ता संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ । बैंकले प्रतिकित्ता न्यूनतम मूल्य ३२५ रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । बैंककाे सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि भदौ २२ गतेभित्र बिक्री प्रबन्धक मुक्तिाथ क्यापिटल, हात्तिसार काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । 

मञ्जुश्री फाइनान्स 

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले साउन १४ गतेबाट १२ हजार ५ सय ८७ कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुला गरिरहेको छ । उक्त सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले ३०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यस सेयरमा विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको