Like us!
Follow us!
Connect us!
Watch us!

याे साता सेयर बजार कता ? विश्लेषक ​बिमल तिवारीकाे विश्लेषण

अर्थ संसार

आइतबार, ०६ भदौ २०७८, १२ : ४८ मा प्रकाशित

याे साता सेयर बजार कता ? विश्लेषक ​बिमल तिवारीकाे विश्लेषण

पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ताहरु थपिने क्रम दिनानुदिन बढ्दै गइरहेकाे छ । नयाँ लगानीकर्ताहरुलाई बजारमा कुन सेयरमा लगानी गर्ने, आफूसँग भएका कुन-कुन सेयर बिक्री गर्ने जस्ता निर्णय लिन निकै गाह्रो पर्छ । यही समस्या समाधान गर्न हरेक साताको अन्त्यमा आगामी साता बजार कता जाला, कस्ता सेयरहरु किन्ने, कस्ता सेयरहरु बेच्ने भनेर जानकारी दिन अर्थ संसारले नयाँ शो "सेयर टेक फण्डा" सुरु गरेकाे त हाम्रा सम्पूर्ण पाठकहरूलाई यथावत नै छ ।

सेयर टेक फण्डामा लामो समयदेखि सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका बिमल तिवारीले सेयर बजारको साप्ताहिक समीक्षा गर्नेछन् । उनी लगानीकर्ताहरुको लगानी व्यवस्थापन गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।

उनले अघिल्लाे साता सेयर बजारले ३२०० काे र्याली कटाइसकेकाे बताउँदै उनले अहिलेकाे बजार बुलिस बम्पिङमा हिसाबमा गइरहेकाे बताएका छन् । यस्ताे अवस्थामा बजार घट्छ भन्ने मनसायले साेच्न नहुने उनकाे भनाइ छ । बजारले थाेरै सपाेर्ट पाएमा बजार अलि लामाे गएर अनि घट्ने माेड देखिएकाे उनकाे तर्क छ । 

समग्रमा अहिले बजारमा सकारात्मक ट्रेन्ड देखिएकाे उनले बताएका छन् । बजार आफ्नै गतिमा चलिरहेकाे अवस्थामा देखिएकाे उनी बताउँछन् । 

गत साताकाे सेयर बजारको कुरा गर्नुपर्दा गत साता पनि बजारले नयाँ रेकर्ड कायम गरेको थियाे । गत साताको ५ कारोबार दिनमा दुई दिन बजार घटेको थियाे भने बाँकी तीन दिन बजारले उकालो यात्रा तय गरेको थियाे । पहिलो कारोबार दिन २४.५७ अंकले र पाँचौं कारोबार दिन १८.२४ अंकले घटेको बजार दोस्रो दिन ५.७२ अंक, तेस्रो दिन ०.२३ अंक र चौथो दिन ३८.२८ अंकले बढेको थियाे । साताको चौथो कारोबार दिन नेप्सेले ३१९८.६० विन्दु पुगी ऐतिहासिक रेकर्ड तोडेको थियो । इन्ट्रा डे काराेबारमा भने नेप्से ३२०० माथि पुगीसकेकाे थियाे । गत साता सेयर बजारमा ९७ अर्ब ५९ करोड ६१ लाखभन्दा बढीको सेयर खरीदबिक्री भएको थियाे ।

तलकाे भिडीयाेमा उनले गत साताकाे सेयर समीक्षा गर्दै यस साता सेयर बजार कता जाला भनेर पूर्वानुमान गरेका छन् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको