Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा साउन महिनामा थपियो २५ कम्पनीको सेयर, कुनको कति कित्ता ?

नेप्से

सोमबार, ०७ भदौ २०७८, १२ : ०९ मा प्रकाशित

सेयर बजारमा साउन महिनामा थपियो २५ कम्पनीको सेयर, कुनको कति कित्ता ?

नेपाल धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साउन महिनामा २५ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । साउन महीनामा धितोपत्र बजारमा ३ वटा नयाँ कम्पनी थपिएका छन् । युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड धितोपत्र बजारमा साउन महिनामा थपिएका नयाँ कम्पनी हुन् । यी ३ वटा नयाँ कम्पनीसहित साउन महिनामा २५ वटा कम्पनीकाे सेयर थपिएको छ ।

१. नबिल बैंक लिमिटेड

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपछि नबिल बैंकको नामबाट ३६ लाख ४२ हजार ९ सय २१ दशमलव २६ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो । नबिल बैंक र युनाइटेड फाइनान्सले असार २७ गते, आइतबारबाट एकीकृत कारोबार सुरू गरेका थिए । नबिलले युनाइटेडलाई १:०.३५ को स्वाप अनुपातमा प्राप्ति गरेको हो ।

२. नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड

नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेपछि नेशनल माइक्रोफाइनान्सको नामबाट ९ लाख ९५ हजार ५ सय ८८ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३० गते, बुधबारबाट एकीकृत कारोबार सुरू गरेका थिए । 

३. बैंक अफ काठमाण्डू लिमिटेड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडको “८.५० प्रतिशत बि.ओ.के डिबेन्चर २०८६” को १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २४ गते, बुधबारबाट मङ्सिर २९ गते, साेमबारसम्म १० वर्ष अवधिकाे लागि “८.५० प्रतिशत बि.ओ.के डिबेन्चर २०८६” नाममा १ अर्ब ६० कराेड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।

४. नेपाल बैंक लिमिटेड

नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) नेपाल बैंक लिमिटेडको ३५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो  । बैंकले गत वैशाख २२ गतेदेखि ३१ गतेसम्म १० वर्षे अवधिको ८.५० % ब्याजदर रहेको ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । 

५. कृषि विकास बैंक लिमिटेड

कृषि विकास बैंक लिमिटेडको ६० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । स्टकका अनुसार ‘४ प्रतिशत कृषि बण्ड २०८७’ को ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । 

६. सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेड

सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १०.५ प्रतिशत बाेनस बापतकाे एक लाख ९५ हजार ७ सय ७२ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हाे । संस्थाले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई १०.५० प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश चैत्र १४ गते, शनिबार सम्पन्न भएकाे चौथो वार्षिक साधारण सभाले पारित गरिसकेकाे थियाे ।

७. युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २ कराेड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । 

कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको थियाे । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

८. मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । 

संस्थाले असार १७ गते बिहीबारदेखि असार २१ गते साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

९. नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ३ लाख ६८ हजार कित्ता सेयर सूचिकृत भएको हाे ।

१०. फरवार्ड माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बाेनस बापतकाे १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हाे ।

११. मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १२ प्रतिशत बाेनस बापतकाे एक लाख ४६ हजार ८९ दशमलव १ कित्ता सेयर सूचिकृत भएको हाे ।

१२. रिलायन्स फाइनान्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ८ लाख ३२ हजार ४ सय १६ दशमलव ०६ कित्ता सेयर सूचिकृत भएको हाे ।

१३. प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ८ लाख २१ हजार एक सय ४५ दशमलव ६० कित्ता सेयर सूचिकृत भएको हाे ।

१४.आईएमई जनरल इन्स्योरेन्स कम्पनी 

आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस वापतको ७ लाख ५७ हजार ५ सय कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । उक्त प्रस्तावित लाभांश कम्पनीको वैशाख १२ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित भइसकेको छ । 

१५. नेपाल हाइड्राे डेभलपर्स लिमिटेड

नेपाल हाइड्राे डेभलपर्स लिमिटेडकाे १५ प्रतिशत बाेनस बापतकाे ३ लाख ९० हजार कित्ता सेयर सूचिकृत भएको हाे । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

१६. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

कम्पनीकाे ६० लाख ८४ हजार एक सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि JBLB सिम्बाेल पाएकाे छ । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।

१७. नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १४ प्रतिशत बाेनस बापतकाे ८० हजार एक सय ४२ दशमलव २६ कित्ता सेयर सूचिकृत भएको हाे । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार ४ सय ७० रुपैयाँको १४ प्रतिशतले हुन आउने ८० लाख १४ हजार २ सय २६ रुपैयाँ बराबरको बोनस सेयर र  कर प्रयोजनको लागि ४ लाख २१ हजार ८ सय १ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । उक्त लाभांश  असार २१ गते, साेमबार सिटिस्क्वेयर, न्यूराेड, पाेखरा, कास्कीमा सम्पन्न भएकाे संस्थाकाे पाँचाै वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।

१८. डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १५ प्रतिशत बाेनस बापतकाे १५ लाख ८ हजार एक सय ५० दशमलव ३६१८ कित्ता सेयर सूचिकृत भएको हाे । सभाले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाका सेयरधनीहरुलाई १५ प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश चैत्र २० गते चितवनको सौराहास्थित होटेल मोनालिसामा सम्पन्न भएकाे संस्थाकाे १९औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १० गतेदेखि २० गतेसम्म बुकक्लोज गरेकाे थियाे ।  त्यसैले चैत ९ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

१९. नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ३१ प्रतिशत बाेनस बापतकाे एक कराेड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता सेयर सूचिकृत भएकाे हाे । कम्पनीले आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस सेयर र २०  प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा सम्पन्न भएकाे कम्पनीकाे बीसाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि माघ १४ गतेदेखि माघ २८ गतेसम्म बुकक्लोज गरेको थियाे । त्यसैले,  माघ १३ गते, मंगलबारसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

२०. महालक्ष्मी विकास बैंक लिमिटेडकाे ८.८० प्रतिशत बाेनस बापतकाे २७ लाख ३ हजार ४ सय १३ दशमलव ९६ कित्ता सेयर सूचिकृत भएको हाे । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरुलाई  ८.८० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०.४६ प्रतिशतले हुन आउने नगद (कर प्रयोजनार्थ) गरी कुल ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश चैत्र १३ गते, शुक्रबार बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग काठमाडौंमा सम्पन्न भएकाे बैंककाे १९औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि चैत्र ३ गतेदेखि बुकक्लाेज गरेकाे थियाे । त्यसैले, चैत्र २ गते, साेमबारसम्म नेप्सेमा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

२१. प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे १० लाख ५६ हजार २ सय ७४ दशमलव ८४४ कित्ता सेयर सूचिकृत भएको हाे । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश जेठ ६ गते, बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा सम्पन्न भएकाे कम्पनीकाे  २५औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि वैशाख २६ गतेदेखि बुकक्लोज गरेको .थियाे । त्यसैले, वैशाख २३ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्नेछन् ।

२२. नेपाल सरकारकाे तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेकाे विभिन्न ५ वटा विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको हाे । जसमध्ये, २०८४ "घ" काे १० अर्ब, २०८३ "ग" काे १० अर्ब, २०८४ "ङ" काे १० अर्ब, २०८५ "घ" काे १० अर्ब र २०८५ "ङ" काे १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र सूचिकृत भएको हो ।  नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०७५, काे विनियम ८ अनुसार उक्त  ऋणपत्रहरू सूचिकृत गरेकाे हाे ।

२३. अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे ५० प्रतिशत हकप्रद बापतकाे ५२ लाख ४१ हजार एक सय ९७ कित्ता सेयर सूचिकृत भएकाे हाे । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ६ गतेबाट आफ्ना लगानीकर्तालाई १ बराबर ०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरकाे ५२ लाख ४१ हजार एक सय ९७ सय कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे । 

२४. सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडकाे ७ प्रतिशत बाेनस बापतकाे ५ लाख ७६ हजार ३ सय ७८ दशमलव ५०१३ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

२५. हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ३ प्रतिशत बाेनस बापतकाे ३ लाख २० हजार ४ सय ८७ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको