Like us!
Follow us!
Connect us!
Watch us!

कारोबार बढेसँगै मालामाल ब्रोकर, दैनिक कमाई ६१ लाखसम्म !

नेप्से

सोमबार, ०७ भदौ २०७८, १३ : ४४ मा प्रकाशित

कारोबार बढेसँगै मालामाल ब्रोकर, दैनिक कमाई ६१ लाखसम्म !

गत साताकाे अन्तिम काराेबार दिन बिहीबार २० अर्ब ४९ कराेड ९२ लाख १० हजार ७ सय ६७ रूपैयाँ बराबरकाे काराेबार भएकाे थियाे ।

बिहीबारकाे काराेबारबाट मात्रै ब्राेकर कम्पनीहरूले लगानीकर्ताहरूबाट ब्राेकर कमिशनकाे रूपमा ६ करोड ८६ लाख ७२ हजार ३ सय ५६ रूपैयाँ बराबरकाे रकम कमाएका छन् । लगानीकर्ताहरूले ब्राेकर कम्पनीहरूलाई ब्राेकर कमिशनकाे रूपमा आफूले गरेकाे काराेबार अनुसार न्यूनतम ०.२७ प्रतिशतदेखि अधिकतम ०.४० प्रतिशतसम्म रकम तिर्नुपर्नेछ । यसकाे औषत ०.३५ प्रतिशतलाई आधार मानेर हेर्दा बिहीबार मात्रै ब्राेकर कम्पनीहरूले ६ करोड ८६ लाख ७२ हजार ३ सय ५६ रूपैयाँ बराबरकाे रकम कमाएका छन् ।

औषत नहेरिकन न्युनतम कमिसन दरले हेर्दा मात्र पनि ब्राेकर कम्पनीहरूले लगानीकर्ताहरूबाट ५ करोड ५३ लाख ४७ हजार ८ सय ६९ रूपैयाँ बराबरको रकम कमाएका छन् ।

सेबाेनले गत पुस १० गतेबाट लागू हुने गरी ब्रोकर कमिसन ३३ प्रतिशतले घटाएकाे थियाे । जस अनुसार संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजार भन्दा माथि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्नेछ ।

ब्रोकर कम्पनी भनेका धितोपत्र बोर्डबाट सेयरको कारोबार गर्न इजाजत प्राप्त संस्था हुन् । जसलाई धितोपत्र दलाल व्यवसायी पनि भनिन्छ ।

गत बिहीबार १२ वटा ब्राेकर कम्पनीहरूले १ अर्ब देखि २ अर्बसम्मकाे काराेबार गरेका छन् । बिहीबार कुल २० अर्बकाे काराेबार भएकाेमा यी १२ वटा ब्राेकर कम्पनीहरूले मात्र १७ अर्ब भन्दा धेरैकाे काराेबार गरेका छन् । 

बिहीबार इम्पेरियल सेक्यूरिटिज कम्पनीले (ब्राेकर नम्बर ४५) २ अर्ब २६ कराेड ५१ लाख ३७ हजार रूपैयाँ बराबरकाे, नासा सेक्यूरिटिज कम्पनीले (ब्राेकर नम्बर ५८) २ अर्ब १३ कराेड ११ लाख २४ हजार रूपैयाँ बराबरकाे, भिजन सेक्यूरिटिज कम्पनीले (ब्राेकर नम्बर ३४) १ अर्ब ८० कराेड १७ लाख ३० हजार रूपैयाँ बराबरकाे, अनलाइज सेक्यूरिटिज कम्पनीले (ब्राेकर नम्बर ४९) १ अर्ब ४६ कराेड ८२ लाख ७४ हजार रूपैयाँ बराबरकाे, सानी सेक्यूरिटिज कम्पनीले (ब्राेकर नम्बर ४२) १ अर्ब ४२ कराेड ५९ लाख ६० हजार रूपैयाँ बराबरकाे, आर्या तारा इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटिज कम्पनीले (ब्राेकर नम्बर ५७) १ अर्ब ४२ कराेड ६ लाख ७२ हजार रूपैयाँ बराबरकाे, दिपशिखा धिताेपत्र काराेबार कम्पनीले (ब्राेकर नम्बर ३८) १ अर्ब ४१ कराेड १ लाख ५७ हजार, सिप्ला सेक्यूरिटिज कम्पनीले (ब्राेकर नम्बर २०) १ अर्ब १३ कराेड २८ लाख १५ हजार रूपैयाँ बराबरकाे, डाइनामिक मनी म्यानेजर सेक्यूरिटिज कम्पनीले (ब्राेकर नम्बर ४४) १ अर्ब १२ कराेड २ लाख ६४ हजार रूपैयाँ बराबरकाे, एबिसी सेक्यूरिटिज कम्पनीले (ब्राेकर नम्बर १७) १ अर्ब ११ कराेड २९ लाख २४ हजार रूपैयाँ बराबरकाे, श्री हरी सेक्यूरिटिज कम्पनीले (ब्राेकर नम्बर ५६) १ अर्ब ९ कराेड ६१ लाख ८५ हजार रूपैयाँ बराबरकाे र दक्षिणकाली इन्भेष्टमेन्ट सेक्यूरिटिज कम्पनीले (ब्राेकर नम्बर ३३) १ अर्ब ३ कराेड २६ लाख ४५ हजार रूपैयाँ बराबरकाे काराेबार गरेका हुन् ।

यी १२ वटा ब्राेकर कम्पनीहरूले मात्र बिहीबार ५ कराेड ८३ लाख ४९ हजार ९ सय १२ रूपैयाँ बराबरकाे रकम कमाएका छन् । १२ वटा ब्राेकरकाे औषतमा हेर्दा एउटा ब्रोकर कम्पनीले ४८ लाख ६२ हजार रूपैयाँ बराबरको रकम कमाएका छन् ।

बिहीबार सबैभन्दा धेरै इम्पेरियल सेक्यूरिटिज कम्पनीले (ब्राेकर नम्बर ४५) २ अर्ब २६ कराेड ५१ लाख ३७ हजार रूपैयाँ बराबरकाे काराेबार गरेकाे थियाे । कम्पनीकाे याे काराेबार रकमलाई न्युनतम कमिसन दर ०.२७ ले हेर्दा ब्राेकर कमिसनबाट बिहीबार एकैदिनमा कम्पनीले ६१ लाख १५ हजार ८ सय ७० रूपैयाँ कमाएकाे छ । 

तालिका हेर्नुहाेस् : 

 

 

61237933aadf7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको