Like us!
Follow us!
Connect us!
Watch us!

'भोज' अब बुटवलमा पनि

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, १४ : ४८ मा प्रकाशित

'भोज' अब बुटवलमा पनि

रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको नेपाली ई कमर्स भोजले बुटवलमा पनि आफ्नो सेवा बिस्तार गरेको छ ।

बुटवल र भैरहवाका लगभग ५० रेस्टुरेन्टबाट सेवा  शुरुवात गरीएको र अन्य रेस्टुरेन्टहरु पनि धमाधम थपिने अग्रवाल बताउँछन् । काठमाडौंमा जस्तै बुटवल र भैरहवामा पनि खाद्यान्न तथा तरकारी, फलफूलको डेलिभरी छिट्टै सुरु गरिने अग्रवालले जानकारी दिएका छन् ।

शुरुवातमा नै ग्राहकहरुका लागि अफरहरु ल्याएको अग्रवाल बताउँछन् । भोजको पेमेन्ट पार्टनर ईसेवा र फोनेपेबाट भुक्तानी गर्दा ग्राहकहरुले  २५ प्रतिशतसम्म छुट पाउने बताइएको छ ।

भोजले काठमाडौँका ग्राहकहरुलाई जसरी नै बुटवल र भैरवाहामा पनि नयाँ नयाँ अफर सार्वजनिक गर्ने अग्रवालले बताए । उपत्यका बाहिर पहिलो पटक सेवा सुरु गरेको भोजले  केही दिनमै भैरहवामा पनि सेवा दिने सञ्चालक निकेत अग्रवालले बताए

भोजको एन्ड्रोइड र आइओएस एप वा आधिकारिक वेबसाइट  www.bhojdeals.com मार्फत खानाको अर्डर गर्न सकिन्छ । ईन्टरनेटको पहुँचमा नहुनेले ०१-५९७००७० मा फोन गरेर पनि अर्डर गर्न सकिनेछ।  

ग्राहकहरूले इसेवा, फोनपे, आइएमइ पे, कनेक्ट आइपिएस, खल्ती, क्रेडिट र डेबिट कार्ड जस्ता डिजिटल पेमेन्टको सुविधा प्रयोग गर्न सक्नेछन् ।  विदेशमा बसेका नेपालीहरुले आफन्तका लागी पनी अर्डर गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको