Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावरको आईपीओ आजदेखि खुल्यो, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

अर्थ संसार

बुधबार, ०९ भदौ २०७८, ०६ : १२ मा प्रकाशित

तेह्रथुम पावर कम्पनी लिमिटेडले आज (भदौ ९ गते, बुधबार) बाट सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।

कम्पनीले जारी पूँजीकाे २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५% अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २% अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएकाे छ ।

लगानीकर्ताले आईपीओ न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिने छ । पछिल्लो समय आईपिओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यो कम्पनीको आईपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ । कम्पनीको उक्त आईपीओमा छिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ।

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

त्यसैगरी, कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कस्ताे छ कम्पनी ?

तेह्रथुम पावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम २०६६ साल साउन ३२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेडको रूपमा दर्ता भएको थियो । २०७५ असार ७ गते पब्लिक लिमिटेडको रुपमा परिणत भएर २०७५ असार ३२ गते स्वीकृति प्राप्त गरी कारोबार सञ्चालन गर्दै आएको छ ।

कम्पनीले विद्युत उत्पादन गर्ने अनुमति २०७३ भदौ ८ गते प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र वि।सं २१०६ फागुन ६ गतेसम्म बाहल रहनेछ । यस कम्पनीले तेह्रथुम जिल्लाको मेन्छ्र यायम गाउंपालिकामा स्थित खोरुङ्गा र ईवाखोलामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला साना जलविद्युत आयोजना निर्माणकार्य सम्पन्न गरिसकेको छ ।

तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत भने १७ करोड ८९ लाख रुपैयाँ रहेकाे छ । 

कम्पनीको अधिकृत पुँजी ४० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी पनि ४० करोड रुपैयाँ नै छ । जसमध्ये संस्थापक सेयरधनीबाट २८ करोड रुपैयाँ र आयोजना प्रभावित स्थानीयबाट ४ करोड रुपैयाँ गरी कुल ३२ करोड रुपैयाँ चुक्ता भइसकेको छ । सर्वसाधारण र कर्मचारीलाई जारी हुन लागेको ८ लाख कित्ता आइपीओ सबै बिक्री भएपछि कम्पनीकाे चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

याे पनि :

Terhathum Power को ipo लगानीकर्ताले अर्काे वर्षदेखि लाभांश पाउनेछन् |आवेदन खुल्ला| MohanKumarDangi |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको