Like us!
Follow us!
Connect us!
Watch us!

सर्बोत्तमको सेयर खरिद प्रकरणः नेपाल धितोपत्र बोर्डको सञ्चालकबाट चन्द्र ढकालको राजिनामा

अर्थ संसार

बुधबार, ०९ भदौ २०७८, १५ : ३० मा प्रकाशित

सर्बोत्तमको सेयर खरिद प्रकरणः नेपाल धितोपत्र बोर्डको सञ्चालकबाट चन्द्र ढकालको राजिनामा

सर्बोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा तानिएपछि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एबं नेपाल धितोपत्र बोर्डको सञ्चालक चन्द्रप्रसाद ढकालले धितोपत्र बोर्डको सञ्चालकबाट राजीनामा दिएका छन् ।  

ढकालले पदबाट राजिनामा दिएपछि अब महासंघको तर्फबाट बोर्डमा प्रतिनिधित्व महासंघको बस्तुगत उपाध्यक्ष अन्जन क्षेष्ठले गर्ने भएका हुन् । 

भदौ ४ गते बसेको अर्थ समितिको बैठकले सर्वोत्तम सिमेन्टको खरिद प्रकरणमा नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष, भिष्मराज ढुङ्गाना र नेपाल स्टक एक्सचेञ्‍जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साँउदलाई कारबाहिको सिफारिस गरेको थियो । 

अर्थ समितिले अर्थ मन्त्री र अर्थमन्त्रालयका सचिवसँग गरेको छलफलमा सहभागि सांसदहरुले नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, सञ्चालक चन्द्र ढकाल र नेपाल स्टक एक्सचेञ्‍जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साँउदलाई तत्कालन निलम्बन गरी सत्य तथ्य छानबिनको माग गरेका थिए । 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले यस विषयमा विज्ञ सहित राखेर ५ सदस्यीय छानविन समिति बनाईएको र समितिले छानविन गरिरहेको  र  यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र छानविन समितिको प्रतिवेदन आएपछि कारवाही गरिने बताएका थिए ।  

हिजो मंगलबार मात्र नेप्सेमा सुचिकृत नभइसकेका कम्पनीको सेयर किन्नु नेपालको प्रचलित कानून बमोजिम गैर कानुनी नहुने भएतापनी प्रश्न चिन्ह उठेकाले अर्थमन्त्रालयलाई अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा पदबाट राजिनामा दिएको भन्दै नेप्सेको सिईओबाट चन्द्र सिंह साँउदले राजिनामा दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको