Like us!
Follow us!
Connect us!
Watch us!

सुरुङमार्ग निर्माणका लागि नौ कम्पनीको आवेदन

पत्रपत्रिका

विहीबार, १० भदौ २०७८, ०७ : ४७ मा प्रकाशित

सुरुङमार्ग निर्माणका लागि नौ कम्पनीको आवेदन

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग   निर्माणका लागि नौ वटा कम्पनीले आवेदन दिएका छन् ।

सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौ वटा अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दर्ता गराएको जानकारी दिए । सुरुङमार्ग निर्माण गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपियाँको बजेट सुनिश्चित भइसकेको छ । 

सुरुङमार्गका लागि चालू आर्थिक वर्षमा ६० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।  सरकारले गत तीन आर्थिक वर्षदेखि बजेट  विनियोजन गर्दै आए पनि यो सुरुङमार्ग निर्माण  कार्य अगाडि बढ्न नसक्दा बजेट ‘फ्रिज’ हुँदै आएको छ ।

सुरुङमार्ग  निर्माण सम्पन्न भएको एक वर्षसम्म डिफे क्ट लायबिलिटी  पिरियड (डीएलपी)’ निर्माण सम्बन्धित निर्माण कम्पनीको नै हुनेछ । डीएलपीको अवधिमा  सुरुङमार्गको मर्मत सम्भारको जिम्मेवारी  निर्माण कम्पनीको नै हुनेछ । 

यो सुरुङमार्गको पोर्टल  बुटवल–तानसेन सडक खण्डमा रहेको सिद्धबाबाको मन्दिर   स्थित  चिडियाखोला नजिकै हुनेछ । दुई  लेनको हुने यस सुरुङमार्गको कुल लम्बाइ १.१२६ किलोमिटर हुनेछ ।  सुरुङमार्गको निर्माण एसियन हाइवे स्ट्यान्डर्डको हुनेछ । सिद्धबाबाको अति जोखिम झन्डै पाँच किलोमिटर क्षेत्रमध्ये उपल्लो सिद्धबाबादेखि रामापिथेकस पार्कसम्म सो सुरुङमार्ग  गरिनेछ ।

( यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको