Like us!
Follow us!
Connect us!
Watch us!

मेगा म्युचुअल फण्ड १ मा हालसम्मकै उच्च आवेदन परेपछि क्यापिटल मख्खै, दियाे सबैलाई धन्यवाद

अर्थ संसार

शुक्रबार, ११ भदौ २०७८, १२ : ४६ मा प्रकाशित

मेगा म्युचुअल फण्ड १ मा हालसम्मकै उच्च आवेदन परेपछि क्यापिटल मख्खै, दियाे सबैलाई धन्यवाद

मेगा क्यापिटल लिमिटेडले भदौ ४ गतेदेखि भदौ १० गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे “मेगा म्युचुअल फण्ड–१” मा हालसम्मकै उच्च आवेदन परेको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुल्ला गरेकाे  थियाे । जसमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवद्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएकाे थियाे ।

अन्तिम दिनसम्म १ लाख ६३ हजार ६ सय ४६ आवेदकहरुबाट करिब २० कराेड १४ लाख ५५ हजार ६ सय बराबरको इकाई खरीदका लागि आवेदन परेको छ । याे माग गरिएको भन्दा २.३७ गुणा बढी आवेदन हाे । याे संख्या नेपालको म्युचुअल फण्डमा हालसम्मकै उच्च हाे ।

मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि इकाईहरु बाँडफाँड गरिनेछ ।

“मेगा म्युचुअल फण्ड–१” ले नयाँ कृतिमान कायम गरेकोमा कम्पनीले सम्बन्धीत सबैलाई धन्यवाद तथा आभार प्रकट गरेकाे छ । 

याे पनि :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको