Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावरको आईपीओमा आवेदनकाे वर्षात्, पर्ने सम्भावना न्यून बन्दै

अर्थ संसार

शुक्रबार, ११ भदौ २०७८, १७ : २० मा प्रकाशित

तेह्रथुम पावरको आईपीओमा आवेदनकाे वर्षात्, पर्ने सम्भावना न्यून बन्दै

तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेकाे आज तेश्राे दिन हाे । तेश्राे दिन पनि कम्पनीकाे आईपीओमा आवेदनकाे ओइरो लागेकाे छ । 

निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडका अनुसार शुक्रबार दिउँसाे १:३० सम्म १७ लाख १८ हजार ६ सय ६३ जना आवेदकले २ अर्ब २८ करोड २ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड २८ लाख २ हजार १ सय ५० कित्ताका लागि आवेदन दिएका हुन् । याे सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ३०.६४ गुणा बढी आवेदन हाे ।

कम्पनीले भदौ ९ गते, बुधबारबाट सर्वसाधारणहरुका लागि जारी पूँजीकाे २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५% अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २% अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएकाे छ ।

लगानीकर्ताले आईपीओ न्यूनतम १० कित्ता देखि अधिकतममा ६० हजार कित्ताका लागि आवेदन सकिनेछ । पछिल्लो समय आईपिओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यो कम्पनीको आईपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ । कम्पनीको उक्त आईपीओमा छिटोमा भदौ १३ गतेसम्म र ढिलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

त्यसैगरी, कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

याे पनि :

Terhathum Power को IPO लगानीकर्ताले अर्काे वर्षदेखि लाभांश पाउनेछन् |आवेदन खुल्ला| MohanKumarDangi |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको