Like us!
Follow us!
Connect us!
Watch us!

तीज र बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी नर्भिककाे आकर्षक प्याकेज

अर्थ संसार

सोमबार, १४ भदौ २०७८, १४ : ४८ मा प्रकाशित

तीज र बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी नर्भिककाे आकर्षक प्याकेज

नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान चाँड तीज र हिन्दूहरुको अर्को महान पर्व ‘बुबाको मुख हेर्ने दिन’ लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ । 

नर्भिकले तीज पर्वको अवसरमा निकै सस्तो दरमा हेल्थ प्याकेज घोषणा गरेको हो । भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको तिज प्याकेज अन्तर्गत एउटा बेसिक प्याकेज छ भने अरु दुईवटा ब्रेस्टको यूएसजी र मेमोग्रामसहितको बेसिक प्याकेज छ । बेसिक प्याकेज लिँदा अरु बेलाको रेट ८ हजार रूपैयाँ रहेकोमा तिजको अवसरमा ६ हजार ६ सय ६६ रूपैयाँ कायम गरिएको छ । 

यस्तै, ब्रेस्टको यूएसजीसहितको प्याकेजको मूल्य अरु बेला १० हजार रूपैयाँ पर्नेमा तिजमा छुट गरी ७ हजार ७ सय ७७ कायम गरिएको छ । 

यसैगरी, मेमोग्रामसहितको बेसिक प्याकेजको अरु बेलाको मूल्य १३ हजार ४ सय रूपैयाँ रहेकोमा तिजको अफर अन्तर्गत ९ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ ।

यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ । 

यस्तै, नर्भिकले बुबाको मुख हेर्ने दिनको अवसरमा निकै सस्तो दरको प्याकेज घोषणा गरेको छ । अरु बेला ८ हजार ६ सय ५० रूपैयाँ पर्ने प्याकेजलाई ६ हजार ५ सय रूपैयाँमै उपलब्ध गराउने घोषणा गरिएको हो । यो प्याकेज पनि भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहनेछ । 

फादर्स डे प्याकेजमा इएसआर, चेस्ट पीए, इसीजी, सुगर रेन्डम, यूरिक एसिड, लिपिड प्रोफाइल, यूरिया क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, प्रोस्टेट स्पेसेफिक एन्टीजेन, पोटासियम, यूरिन रुटिन लगायतका जाँचहरु पर्नेछन् । 

यी दुवै प्याकेज लिनलाई नर्भिकको ल्याण्डलाइन नम्बर ०१–५९७००३२ तथा ९८४११८१२८१ मा सम्पर्क गर्न सकिनेछ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको