Like us!
Follow us!
Connect us!
Watch us!

वास्तविक दर खाने दिन आज

अर्थ संसार

आइतबार, ३१ भदौ २०८०, ०९ : २६ मा प्रकाशित

वास्तविक दर खाने दिन आज

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज आइतबारबाट सुरु भएको छ ।

भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन मनाइने तीज पर्वको पहिलो दिन आइतबार आज भने दर खाने दिन रहेको छ । 

विगत केहि वर्षहरू देखि तीजका दरका नाममा विकृति आएको छ। महिना अघिदेखि नै दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने, पैसा उठाई दर खादै हिड्ने, पार्टी प्यालेस बुक गर्ने र आर्थिक मन्दीमा फिजुलको खर्च गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृति बनाउँदै लगेका छन्। 

खास वास्तविक दर खाने दिन भने आज रहेको छ , आज माइती घरमा आएका चेलीबेटीहरुलाई मीठा मीठा परिकार बनाएर दर खुवाउने चलन छ । आज तीजको व्रत बस्नेहरुलाई मीठा मीठा र अडिलो परिकार खुवाउने गरिन्छ । दर खाएसँगै औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीको पूजासँग समापन हुने गर्दछ । तृतीयाका दिन हरितालिका ब्रत, चौँथीका दिन गणेशको पूजा हुने गर्दछ ।

तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको