Like us!
Follow us!
Connect us!
Watch us!

पशुपतिमा व्रतालु महिलाको घुइँचो, २० मिनेटमै दर्शन गरेर फर्किने व्यवस्था

अर्थ संसार

मंगलबार, १० भदौ २०८२, १० : १५ मा प्रकाशित

पशुपतिमा व्रतालु महिलाको घुइँचो, २० मिनेटमै दर्शन गरेर फर्किने व्यवस्था

आज हरितालिका अर्थात तीज पर्व मनाइँदैछ । तीज मनाउन  मङ्गलबार बिहान देखि व्रतालुहरु देशका विभिन्न शिवालयहरुमा घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथ मन्दीमा विहानै देखि ब्रतालुहरु पुजाआजका लागि लाइन बसेर पुँजी गरिरहेका छन् । 

पशुपतिनाथमा सहज ढङ्गले पूजाअर्चनाको लागि व्यव्था मिलाइएको शपुपति क्षेत्र विकास कोषले जनाएको छ । यसका लागि  पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको जनाइएको छ । केही भक्तजन भने मंगलबार बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए । पशुपतिमा १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने व्यवस्था गरिएको बताइएको छ । 

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन् । तीजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा विवाहित महिलालाई पारिवारिक सुख, शान्ति र कल्याण मिल्ने र अविवाहित युवतीले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको