Like us!
Follow us!
Connect us!
Watch us!

आज हरितालिका तीज

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, ०७ : ३० मा प्रकाशित

आज हरितालिका तीज

हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन्। 

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आर्ईएको छ। 

भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरुमा नाचगाँन गरी यो पर्व मनाईन्छ ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव पती पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने सांस्कृतिक तथा धार्मिक विश्वास छ । 

बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजा आराधना गरेपछि अन्तत: उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको धार्मिक शास्त्रहरुमा उल्लेख छन् । सोही आधारमा हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन तीज पर्व मनाउने गरिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको