Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न घरेलु तथा साना उद्योग महासंघ तयार

अर्थ संसार

मंगलबार, १५ भदौ २०७८, १२ : ४९ मा प्रकाशित

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न घरेलु तथा साना उद्योग महासंघ तयार

सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न तयार रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

नेपाल ट्रेड युनियन महासंघसँग सोमबार महासंघको सचिवालयमा आयोजित छलफल कार्यक्रममा अध्यक्ष श्याम गिरीले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने विषयमा महासंघ प्रतिवद्ध रहेको बताएका छन्।

उद्योगमा काम गर्ने कामदारको सुरक्षा महासंघको प्रमुख प्राथमिकता रहेको भन्दै उनले उद्योगमा कार्यरत श्रमिकसँगको सम्बन्धलाई महासंघले सधै उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् ।

यो कार्यक्रमको अवधारणा महासंघले वर्षौंदेखि उठाउँदै आएको जानकारी दिँदै अध्यक्ष गिरीले घोषणा गर्ने क्रममा अर्थमन्त्रालयले उद्योगीहरुमा केही भ्रम पैदा गरेको हुनाले अलमल भएको बताए ।

सो अवसरमा नेपाल ट्रेड युनियन महासंघ बागमती प्रदेश संगठन कमिटीले सामाजिक सुरक्षा कार्यान्वयनसम्बन्धी ध्यानाकर्षण पत्र महासंघलाई बुझाएको थियो ।

ध्यानाकर्षण पत्र महासंघलाई बुझाउँदै जिफण्ट बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष रामहरी नेपालले न्यून पारिश्रमिकमा अधिकतम उत्पादकत्व सम्भव नभएको भन्दै निश्चिन्त भएर काम गर्ने वातावरण निर्माण गरिनुपर्नेमा जोड दिएका छन् ।

२०७५ साल मङ्सिर ११ गते नेपाल सरकारद्घारा आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा घोषणा समारोहमा नेपालका सबै उद्योग व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, ट्रेड युनियन महासंघ तथा अन्तराष्ट्रिय श्रम संगठनको समेत सहभागिता रहेको जानकारी दिँदै उनले नेपालका उद्योग व्यवसायीका प्रतिनिधिहरुले कोषको कार्यान्वयन गर्ने प्रतिवद्धताका साथै कोषको सञ्चालक समितिमा समेत रहेको बताएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको