Like us!
Follow us!
Connect us!
Watch us!

१६ औं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, १२ : २४ मा प्रकाशित

१६ औं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

आगामी २०७९ जेष्ठ १९ देखि २३ गतेसम्म “नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९” राजधानीमा आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।

मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीको कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको थियो ।

महासंघले दिएको जानकारी अनुसार महासंघका उपाध्यक्ष शोभा गुरुङ्गको संयोजकत्वमा “प्रदर्शनी आयोजक समिति” गठन गरी यसको तयारीको काम शुरु भइसकेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको