अपाङ्गता भएका व्यक्तिहरूलाई साधारण सेयर आईपीओमा १० प्रतिशत हिस्सा छुट्याउन माग गरिएकाे छ ।
रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरेर रामेछापका आङ छोङ्बा शेर्पाले अपाङ्गता भएका व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्याएर सुनिश्चितता गर्न माग गरेका हुन् ।
उनले सामूहिक लगानी काेष र कर्मचारीहरू छुट्याइने जसरी नै अपाङ्गता भएका व्यक्तिहरूलाई पनि छुट्याइनुपर्ने माग गरेका छन् ।
आफूले उमेरमै आईपीओकाे बारेमा जानकारी नपाएको भएतापनि आधा उमेर बितेपछि यस बारेमा बुझेर सबै अपाङ्गता भएका व्यक्तिहरूका लागि केही गर्न खोजेको उनकाे तर्क छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस