Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोष र आरोग्य डाइग्नोष्टिक सेन्टरबीच सम्झौता

अर्थ संसार

बुधबार, १६ भदौ २०७८, १६ : ३६ मा प्रकाशित

नागरिक लगानी कोष र आरोग्य डाइग्नोष्टिक सेन्टरबीच सम्झौता

नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक  एण्ड डाइग्नोष्टिक सेन्टर नयाँ बानेश्वर, बीच सम्झाैता भएकाे छ । कोषका कर्मचारीहरु र कर्मचारीका परिवार एवं कोषका कार्यक्रमहरुमा सहभागी र सहभागीका परिवारहरुको स्वास्थ्य परीक्षणमा छुट दिने सम्झौता भएको हाे । 

सो सम्झौतामा बुधबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र डाइग्नोष्टिक सेन्टरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डा.राजेश देवले हस्ताक्षर गरेका छन् । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्रकुमार कट्टेल,निर्देशक गोपाल घिमिरे,कामु नायव निर्देशक रोशन जंग कार्की, उप निर्देशक अमृत बहादुर अधिकारीको उपस्थिती रहेको थियो ।  

सो सेन्टरमा कोषका कर्मचारी र उनीहरुको परिवारका सदस्यलाई ल्याव सेवामा ३० प्रतिशत, दशैँ तिहारमा ल्याव सेवामा ४० प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउण्ड र इसिजिमा २०-२०  प्रतिशत , माइनर अपरेशनमा १५ प्रतिशत, चिकित्सक परामर्शमा १५ प्रतिशत, वर्षमा एक पटक फुल बडी परिक्षणमा ५५ दशमलव ५६ प्रतिशत र मुख्य अपरेशन गर्न साझेदार हस्पिटलमा विशेष छुटको व्यवस्था गरिएको छ । 

त्यसैगरी, कोषका सहभागी र उनीहरुको परिवारका सदस्यहरुलाई ल्याव सेवामा २५ प्रतिशत,  दशैँ र तिहारमा ल्याव सेवामा ३५ प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउन्ड र इसिजिमा १५ प्रतिशत, एक्सरेमा १५ प्रतिशत, माइनर अपरेसनमा १० प्रतिशत, चिकित्सक परामर्शमा १० प्रतिशत एवं मुख्य अपरेशन गर्न साझेदार हस्पिटलमा विशेष छुट दिने सम्झौतामा उल्लेख छ । यस सम्झौताले कोषमा विभिन्न योजनाहरुमा सहभागी भएका योगदानकर्ताहरुले लाभ लिन सक्नेछन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको