Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना माथि छानबीन गर्न समिति गठन, समितिले सिफारिश गरे अध्यक्षलाई हटाउन सकिने

अर्थ संसार

बुधबार, १६ भदौ २०७८, २० : ०४ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना माथि छानबीन गर्न समिति गठन, समितिले सिफारिश गरे अध्यक्षलाई हटाउन सकिने

नेपाल सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले सर्वात्तम सिमेन्टको कानून विपरीत छोरीको नाममा शेयर खरीद गरेको विषयमा छानबीन गर्न समिति गठन गरेको छ ।

आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।

सरकारले गठन गरेको टोलीमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र  नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् ।

यस अगाडी अर्थ समितिले सर्वोत्तम सिमेन्टको खरिद प्रकरणमा नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष, भिष्मराज ढुङ्गाना र नेपाल स्टक एक्सचेञ्‍जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साँउदलाई कारबाहिको सिफारिस गरेको थियो।  

सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर बुक बिल्डिङ मार्फत निष्कासन गर्न लागेको छ। बुक बिल्डिङ भनेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा धितोपत्रको मूल्य निर्धारण गरिने विधि वा प्रक्रिया हो, जसमा पूँजी बजारका संस्थागत लगानीकर्ताले निष्कासन गरिन लागेको कम्पनीको शेयरलाई आफूहरूले तिर्नसक्ने मूल्य तोक्छन् । यसैका आधारमा मूल्य तय भएर उक्त कम्पनीको सेयर निष्कासन हुन्छ।

सर्वोत्तमले शेयर निष्कासनको प्रक्रिया शुरू गरिसकेपछि ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा यो कम्पनीको शेयर किनेका हुन्। सर्वोत्तम सिमेन्ट लिमिटेडको पछिल्लो शेयरवाला दर्ता किताबका अनुसार, रेबिका ढुंगानाको नाममा ४०३३९१८९ देखि ४०३५११०० सम्मका ११ हजार ९१२ कित्ता शेयर छन्। ढुंगानाको नाममा गत पुसमा दश हजार कित्ता शेयर हस्तान्तरण भए पनि आर्थिक वर्ष २०७६/७७ को १९.१२ प्रतिशत बोनस शेयर थपिएर शेयर संख्या बढेको हो। 

२१ पुस २०७६ मा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भीष्म ढुंगानाले सर्वोत्तमले बुक बिल्डिङको प्रक्रिया शुरू गरिसकेपछि पारिवारिक सदस्यका नाममा शेयर किनेको देखिएको छ। कम्पनीमा ढुंगानासहितका व्यक्तिलाई शेयर हस्तान्तरण गरेको भनी २० पुस २०७७ मा अध्यक्ष विष्णुप्रसाद न्यौपानेले कम्पनी रजिष्ट्रारको कार्यालयमा विवरण पठाएका थिए। 

नव गठित जाँचबुझ समितिले सिफारिश गरेमा अध्यक्षलाई हटाउन सकिनेछ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको