Like us!
Follow us!
Connect us!
Watch us!

बालबालिकामा देखिन सक्छ जटिल रोग

पत्रपत्रिका

शुक्रबार, १८ भदौ २०७८, ०७ : १६ मा प्रकाशित

बालबालिकामा देखिन सक्छ जटिल रोग

कोरोना सङ्क्रमण भएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन् ?

सचेत हुनुहोस् अहिले बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआईएससी) जटिल समस्याका रूपमा देखिएको छ । कोरोना सङ्क्रमित भएको दुईदेखि छ साता रोग प्रतिरोधात्मक शक्ति अनियन्त्रणका कारणले यस प्रकारको रोग बालबालिकामा लाग्ने गरेको विशेषज्ञहरूको भनाइ छ ।

कान्ति बाल अस्पतालका निर्देशक अजित रायमाझीले कोरोना सङ्क्रमित भएको बेला कुनै पनि लक्षण नदेखिए पनि निको भएको छ हप्ताभित्र एमआईएससी देखिन सक्ने जानकारी दिएका छन् । ज्यानसम्म पनि जान सक्ने यो जटिलतामध्ये एउटा ठूलो जटिलता रोग हो जुन अहिले नेपालमा पनि बढेको पाइएको छ ।

एमआईएससी भएका बालबालिकाका शरीरका विभिन्न प्रणाली र अङ्गहरूमा एकै पटक असर गर्ने हुँदा विभिन्न खाले लक्षण देखा पर्ने डा. रायमाझीको भनाइ छ । कोरोना भाइरससँग लड्नका लागि बालबालिकाको शरीरले गर्ने प्रतिक्रियाका कारण एमआईएससी हुने उनले प्रस्ट पारेका छन् ।

हाल कान्ति बाल अस्पतालमा नौ जना सङ्क्रमित बालबालिका रहेको जसमध्ये दुई जना सघन कक्षमा रहेका छन् । यता घुलिखेल अस्पतालका बाल विशेषज्ञ डा. अनिश श्रेष्ठले एमआईएससीको समस्या चारदेखि नौ वर्षसम्मको बालबालिकामा रहेको जानकारी दिएका छन् ।

एमआईएससीले गाल्यो र साह्रो भयो भने सास फेर्न गाह्रो हुने र बच्चाहरूले पिसाब कम फेर्नेजस्ता समस्या पनि देखिने उनले बताए । प्रतिक्रिया नदिने पनि नराम्रो र ज्यादै प्रतिक्रिया पनि नराम्रो । साधारण प्रतिक्रिया हुनुपर्ने हो । धेरै प्रतिक्रिया दिएर एमआईएससीको अवस्था आउँछ ।”

नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष वरिष्ठ बालरोग विशेषज्ञ डा. गणेशकुमार राई पनि कोभिड भएको दुईदेखि चार वा छ हप्ताभित्र यो समस्या देखापर्ने बताएका छन्।

उनले भने, “त्यस बेला (एमआईएससी भएका बेला) एन्टिजेन वा पीसीआर परीक्षण गर्दा प्रायः नेगेटिभ आउँछ तर एन्टिबडी चाहिँ देखिन्छ ।” ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआईएससी) भनेको बालबालिकामा हुने एउटा यस्तो अवस्था हो जसमा शरीरको विभिन्न अङ्गजस्तै मुटु, फोक्सो, मिर्गौला, मस्तिष्क, आँखा, छाला, पेट/आन्द्राहरू सुन्निने हुन्छ ।

(यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको