Like us!
Follow us!
Connect us!
Watch us!

बैंक घटाउने ठालुहरुको १२ करोडे कुतर्कः बजार अझै ओरालो लागे कुन क्षेत्रमा आउला बढि गिरावट ?

केशब कोइराला

अर्थसंसार

शुक्रबार, १८ भदौ २०७८, १२ : ०५ मा प्रकाशित

बैंक घटाउने ठालुहरुको १२ करोडे कुतर्कः बजार अझै ओरालो लागे कुन क्षेत्रमा आउला बढि गिरावट ?

सेयर बजारका काकाको रुपमा परिचय बनाएका केशब कोइरालाले बजारको पछिल्लो अवस्थाका बारेमा सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारण सार्वजनिक गरेकाछन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै काकाले सेयर बजार घटाउन बैंकबाट अर्बौ रुपैया सेयर कर्जा लिएका ठालुहरु नै लागेको पारोप लगाएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको विचार यस्तो छः 

हिजो को बजारमा गएको पहिरोको समिक्षा गरौ। मजबुत बितिय सुचकांक भएका बैंक लघुबित्त र म्युचुअल फण्ड को सुचक नगन्य घटेको छ।

कारण बैंकको सेयर धितो राखेर अर्बौं ऋण लिएका ठालुहरुले धितो फुकुवा गरि अघिल्ला २ हप्ता ठुलो सप्लाइ दिएर बैंक बेचे। बैंक पहिले नै धेरै घटिसकेको थियो। अब ठालुहरुको सप्लाइ सकियो । अब बजार १०० अंक झरे पनि यी समुहमा नगन्य मात्रै असर पर्नेछ ।

होटल र ब्यापार समुह पछिल्लो समय खासै नबढेको ले सामान्य घटेका छन। बिमा कम्पनीका सेयर धितो राखी ऋण लिएका ठालुहरुले हिजो बिमा कम्पनी बेचेको कारण बिमा कम्पनी औषत घटेका छन। बिमा कम्पनीहरु पनि अब धेरै घट्ने सम्भावना कम छ। बिकास बैंक जसरि कर्नरिङ गरेर फुलाइएको थियो त्यसरि नै झरे। बजार अझै घट्दा बिकास बैंक हरु पनि केही घट्छन ।

हाइड्रोपावर ,फाइनान्स र लगानी समुहमा पहिरो गएको छ।यी समुहमा अधिकांश पत्रु कम्पनीहरु छन। औषतमा ५०० प्रतिशत बढि मूल्य बृद्धि यिनै कम्पनीमा भएका छन । घट्दा पनि यिनै घट्ने हुन । बजार थप १०० अंक घट्दा यी पत्रु कम्पनी हरु २० प्रतिशतले बढिले घट्ने छन। अर्बौं ऋण लिएका ठालुहरुले बेचेका बैंक माइक्रो नघट्ने भए । ठालुहरुले होल्ड गरेका हाइड्रोपावर फाइनान्स र लगानी मा पहिरो जाने भयो ।यसै कारणले आत्तिएका हुन ठालु हरु।

बैंक लघुबित्त बिमा होल्ड गर्ने लगानीकर्ताहरु पटक्कै नआत्तिनुस । बजार अब बढिमा १०० अंक घट्ने हो र घट्ने भनेको हाइड्रोपावर फाइनान्स र लगानी समूह हुन,अन्य समुहमा सामान्य मात्रै प्रभाव पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको