Like us!
Follow us!
Connect us!
Watch us!

नेतृत्व बिहिन भए सेयर बजारका नियामक, कसले गर्ने नियमन ?

अर्थ संसार

शनिबार, १९ भदौ २०७८, १० : ५९ मा प्रकाशित

नेतृत्व बिहिन भए सेयर बजारका नियामक, कसले गर्ने नियमन ?

लामोे समयदेखि नेपालको सेयर बजारको नियमनमा प्रभावकारी भुमिका र्निवाह गर्न नसकेको आरोप लागेका दुई मुख्य निकायहरु नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) यतिबेला नेतृत्वबिहिन भएका छन् । 

बजारमा बुक विल्डिंग विधिबाट सेयर निस्कासनको तयारीमा रहेको सर्बोत्तम सिमेन्टको सेयर परिवारको नाममा किनेपछि विवादमा तानिएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजिनामा दिएपछि नेप्से नेतृत्वविहिन बनेको छ । साउदले पदबाट राजिनामा दिएसँगै अर्को व्यवस्था नभएसम्म नेप्सेको सञ्चालक समितिको बैठकले  निरन्जन फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिएको छ।

त्यस्तै धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा खरीद गरेको विषयमा छानबीन गर्न सरकारले समिति गठन गरेसंगै उनी पदबाट निलम्बित भएका छन्। गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।

सरकारले गठन गरेको टोलीमा विज्ञ सदस्यका रुपमा नारायणप्रसाद पौडेल र  नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् । अब छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले ढुंगानालाई बोर्डको अध्यक्षबाट बर्खास्तसमेत गर्न सक्ने छ । यसअघि विभिन्न माध्यमहरुमा ढुंगानाले सरकारले आफूँलार्इ जबरजस्ती हटाउन खोजे अदालत जाने बताएका थिए । तर अब सरकारले कानुन बमोजिमको छानविन समिति गठन गरेसँगै उनको अदालत जाने बाटोसमेत बन्द हुन पुगेको छ । 

यसरी नेपालको सेयर बजारलाई नियमन गर्ने प्रमुख निकाय धितोपत्र बोर्ड र दोस्रो बजार कारोबार सञ्चालन गर्ने निकाय वा सेयर बजारको फ्रन्टलाइन नियामक नेप्से अहिले नेतृत्वविहिन बन्न पुगेका छन् ।  सरकार परिवर्तन र सेयर खरिद प्रकरणमा अध्यक्ष ढुंगाना मुछिएसँगै धितोपत्र बोर्डले जारी गर्ने भनेको नीति तथा कार्यक्रम पनि रोकिन पुगेको छ । 

लामो समदेखि लगानीकर्ताहरुले माग गर्दै आएको बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाईसेन्सको अनुमति दिने कार्य पनि बोर्ड नेतृत्वबिहिन भएसँगै रोकिएको छ । दोस्रो बजार कारोबार सञ्चालन गर्ने र नियमन गर्ने निकायहरु नै नेतृत्बिहिन हुँदा सेयर बजारको नियमन प्रभावकारी कसरी बन्ला रु

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको