Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आउने पर्यटकको तथ्यांकः पाँच देशका पर्यटकको फरक–फरक तथ्यांक

निनाम कुलुङ ‘मंगले

सोमबार, २१ भदौ २०७८, १२ : २० मा प्रकाशित

नेपाल आउने पर्यटकको तथ्यांकः पाँच देशका पर्यटकको फरक–फरक तथ्यांक

त्यसो त सन् २०१९ को अन्त्यतिर चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहान सहरबाट पैmलन सुरु भएको नोभेल कोरोना भाइरस (पछि कोभिड–१९ नाम पाएको) को महामारीका कारण सन् २०२० पछि विश्वका प्रायः सबै बाह्य तथा आन्तरक पयर्टकीय गतिविधि लगभग शून्य अवस्थामा रहेको छ । तापनि यहाँ विगतमा (सन् २०२० अघि) वर्षैपिच्छे धेरै संख्यामा नेपाल भ्रमण गर्न आउने पाँच देशका पर्यटकहरुको सात वर्षसम्मको (७ वर्षे) तथ्य–तथ्यांकलाई उल्लेख गर्ने प्रयास गरिएको छ । 

यसरी विगतका वर्षहरुमा वर्षैपिच्छे नेपाल भ्रमण गर्न आउने विदेश (पाँच देश) का धेरै पर्यटक नेपाल आउने कुरो गर्दा र, उनीहरुको सातवर्षे तथ्य–तथ्यांक हेर्दा हरेक वर्ष भारतीय पर्यटक पहिलो (धेरै संख्या) मा र चिनियाँ पर्यटकहरु दोस्रो (धेरै संख्या) मा रहने गरेको देखिन्छ । यसरी विगत ९÷१० वर्षदेखि संख्यात्मक रुपमा लगातार रुपमा पहिलो र दोस्रो नम्बरमा रहने गरेका छन, पश्चिम–दक्षिण–पूर्व तीनतिर सीमा जोडिएको छिमेकी भारतीय पर्यटक र उत्तरतिर सीमा जोडिएको छिमेकी देश चीन । त्यस्तै नेपाल आउने विदेश पर्यटकको तेस्रो स्थान (संख्या) मा भने कहिले बेलायती पर्यटकहरु रहने गरेका छन् भने, कहिले अमेरिकी पर्यटकहरु रहने गरेका छन् । कहिलेकाही त श्रीलंंकन पर्यटकहरु पनि तेस्रो स्थानमा रहने गरेको देखिन्छ । 

यसरी संख्याको आधारमा नेपाल भ्रमण गर्ने पाँच देशको विदेशी पर्यटकहरुको सातवर्षे तथ्य–तथ्यांकको सन्दर्भमा भन्नु पर्दा नेपाल आउने पाँच उत्कृष्ट देश (संख्याको आधारमा) को सातवर्षे तथ्य–तथ्यांकमा क्रमशः भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, थाईल्यान्ड, दक्षिण कोरियाका पर्यटकहरु सँधै ‘टप फाइभ’भित्र पर्ने गरेका छन् भने, म्यानमार, अष्ट्रेलिया, बंगलादेश, जर्मनी, जापान, फ्रान्स आदि देशका पर्यटकहरु चाहिँ नेपाल भ्रमण गर्न आउने ‘टप टेन’ विदेशी पर्यटकहरुमा दरिने÷पर्ने गरेका छन् । 

त्यसो त खासमा भन्नै पर्दा नेपाल भ्रमणमा आउने उच्च पाँच देशभित्र धेरै लामो समयसम्म पहिलो र दोस्रो स्थान (देश) मा भने भारतीय र चिनियाँ पर्यटकहरुको संख्याले नै ओग्टने देखिन्छ ।  
अझ चिनियाँ सर्वसाधारण नागरिकहरुले त धेरै ढीला गरी मात्रै नेपालमा आधिकारिक रुपमा पर्यटकको रुपमा भ्रमण गर्नका लागि चीन सरकारबाट सरकारी तवरमा अनुमति प्राप्त गर्न गरेका हुन् । किनभने, सन् २००३ देखि मात्रै चीन सरकारले आफ्नो देशका नागरिकलाई नेपालमा पर्यटक भएर आउने अनुमति अर्थात् ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’लाई आधिकारिक रुपमा दिएको थियो ।  चीन सरकारले आप्mनो देशका नागरिकहरुलाई एसिया महादेशका अन्य देशहरु र युरोप, अमेरिका लगायतका देशमा पनि आप्mना देशका नागरिकहरुलाई पर्यटक भएर जानका लागि सन् १९८० को दशकमा मात्रै ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’ अर्थात् पर्यटकको रुपमा विदेश भ्रमण गर्न जान पाउने नीति बनाएर अनुमति दिन थालेको हो । 

जे होस्, यसरी ढीलै भए पनि सन् २००३ मा चीन सरकारले आफ्नो देशका सर्वसाधारण नागरिकलाई पर्यटकको रुपमा नेपाल भ्रमण गर्ने अनुमति दिएपछि सोही वर्ष सात हजार, ५ सय ६२ जना सर्वसाधारण चिनियाँ नागरिकहरु  घुम्न–डुल्नका लागि पर्यटकका रुपमा नेपाल भित्रिएका थिए । त्यसयता नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या संख्यात्मक रुपमा लगातार बढेको बढ्यै देखिन्छ । त्यति मात्रै होइन, हरेक वर्ष नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरुको टाउका गन्ने क्रममा चिनियाँ पर्यटकहरु संख्यात्मक रुपमा लगातार दोस्रो नम्बरमा रहने गरेका छन् । तर, यो क्रम सन् २०१९ को अन्त्यतिर चीनको दक्षिणपूवी प्रान्त हुपेईको राजधानी वुहान सहरबाट पैmलन सुरु भएको नोभेलकोरोना भाइरस (पछि कोभिड–१९ नाम पाएको) पछि रोकिएको छ । तापनि कोरोना महामारी रोकिएर वा कम भएर अथवा यसको विकल्पमा हिँडडुल गर्दा खासै असर नपर्ने अवस्था तयार भएपछि निश्चय नै नेपाल भ्रमण गर्ने पर्यटकहरुको संख्याले भारतीय पर्यटकहरुको संख्यालाई उछिन्न सक्छ । 

किनभने, तथ्यांक हेर्दा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु बढ्ने क्रममा सन् २०१३ मा एकलाख १३ हजार एकसय ७३ जना पुगेको थियो । त्यस्तै सन् २०१४ मा एकलाख, २३ हजार, ८०५ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । समग्रमा सन् २०१४ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या सातलाख ९० हजार एकसय १८ (करिब ८ लाख) जना रहेको थियो । हरेक वर्ष नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको तथ्यांक हेर्दा विगत लामो समयदेखि हरेक वर्ष नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै संंख्या लगातार रुपमा दक्षिणको छिमेकी देश भारतबाट आउने पर्यटकहरुको रहेको छ भन्ने त माथि नै उल्लेख भएको छ । तर, फेरि पनि हामीले के थाहा पाई राखौं भने, माथि नै उल्लेख भएको अर्को एक प्रसंगमा भनिएभैmँ अबका केही वर्षपछि नै (नोभेल कोरोनाको महामारी ठीकठाक हुने बित्तिकै) नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या संभवतः उत्तरको छिमेकी देश चीनबाट हुने छ ! 

स्मरण रहोस्, माथि उल्लेख गरिएका पर्यटकहरुमध्ये चिनियाँ, श्रीलंकन (सिलोन), थाई (स्याम÷सियाम), म्यानमा (बर्मा), बंगलादेश आदि देशका पर्यटकहरु भने छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका रहेको तथ्यांकमा देखिन्छ । जस्तो कि, चिनियाँ पर्यटकहरुले नेपाल भ्रमणमा रहँदा चार÷पाँच दिनदेखि बढीमा नौ÷१० दिनसम्म मात्रै बिताउने गरेका थिए । हुन त चिनियाँ पर्यटकहरुले थोरै समयमा नै छोटो ट्रेकिङ, र्याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने गरेका थिए । जसले गर्दा नेपाली पर्यटन व्यवसायीहरुलाई चिनियाँ आर्थिक उपार्जनमा भने भारतीय, श्रीलंकन लगायत तेस्रो देशका पर्यटकहरु भन्दा चिनियाँ पर्यटकबाट फाइदै फाइदा रहेको÷भएको देखिन्थ्यो । जे होस्, आगामी दिनमा हामीले चिनियाँ, श्रीलंकन, थाई, म्यानमा, बंगलादेश आदि देशका डिलक्स, लक्जरियस र, सक्दो खर्च गर्न सक्ने र कम्तिमा आठ÷दस दिनदेखि १५÷१६ दिनसम्म नेपालमा बिताउने खालका पर्यटकहरु धेरै भन्दा धेरै भित्र्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ ।  

केही वर्ष अघिदेखि संयुक्त राष्ट्र संघ सम्बद्ध पर्यटनसँग सम्बद्ध संस्था युएन–डब्लुटीओ लगायत विश्व पर्यटनसँग सम्बिन्धित अन्य संघ–संस्थाहरुले विभिन्न अध्ययन–अनुसन्धान गरेर निकालेको तथ्यांकहरुमा चिनियाँ पर्यटकहरु लगातार रुपमा विश्वकै धेरै खर्च गर्ने पर्यटकमा गनिएका÷दरिएका थिए÷छन् । त्यतिमात्रै होइन, चिनियाँहरु संख्याकै आधारमा पनि धेरै संख्यामा विश्व भ्रमण गर्न निक्लने पर्यटकका रुपमा दरिएका थिए÷छन् । संभवतः पृथ्वीको अस्तित्व रहेसम्म ! चिनियाँ पर्यटकहरुको भ्रमण गर्ने संख्या र, खर्च गराईलाई पनि अन्य कुनै देशका पर्यटकहरुले उछिन्न वा चुनौती दिन सक्ने छैनन् !  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको