नेपालमा सन् २०२५ को अगस्ट महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अगस्ट महिनामा कुल ८८ हजार ६८० पर्यटकले नेपाल भ्रमण गरेका हुन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा २२ प्रतिशतले वृद्धि हो। गत वर्षको अगस्टमा ७२ हजार ७१७ पर्यटक नेपाल आएका थिए।
तथ्यांकअनुसार, अगस्टमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्। भारतबाट ३५ हजार ५०५ जना पर्यटक नेपाल प्रवेश गरेका हुन्। त्यसपछि दोस्रो स्थानमा चीन रहेको छ, जहाँबाट ७ हजार ५३३ जना पर्यटक नेपाल आएका छन्।
यस्तै, अमेरिकाबाट ६ हजार ६८, श्रीलंकाबाट ५ हजार ९५६ र बंगलादेशबाट ४ हजार २६२ जना पर्यटक अगस्ट महिनामा नेपाल आएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस