Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना इन्जिनियरिङ्गले २४ करोडकाे आईपीओ निष्कासन गर्ने

अर्थ संसार

सोमबार, २१ भदौ २०७८, १६ : २९ मा प्रकाशित

मनकामना इन्जिनियरिङ्गले २४ करोडकाे आईपीओ निष्कासन गर्ने

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आफ्नो जारी पूँजी ८० करोडको ३० प्रतिशतले हुन आउने २४ करोड रूपैयाँ बराबरको २४ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे हाे ।

कम्पनीले आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झाैतामा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर उप्रेती र बि.ओ.के. क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन् ।

मनकामना इन्जिनियरिङ्गले दोलखास्थित ५ मेगावाट विद्युत क्षमताको आयोजना सञ्चालन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको