Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच अन्तरक्रिया

अर्थ संसार

सोमबार, २१ भदौ २०७८, १७ : २४ मा प्रकाशित

ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच अन्तरक्रिया

ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच " स्वच्छ व्यवसाय: सम्मानित व्यवसायी " नामक अन्तरक्रिया कार्यक्रम आज भाद्र २१ गते, सोमबार सुनसरीमा सम्पन्न भएको छ।

सुनसरी रत्न तथा आभूषण महासंघद्वारा शुभारम्भ गरिएको " स्वच्छ व्यवसाय : सम्मानित व्यवसायी" नामक अन्तरक्रिया कार्यक्रममा व्यवसायी र बैंक बीच बैंकिंग सहकार्यको उदेश्यको बारेमा छलफल भएको थियो। कार्यक्रममा उद्यमशीलता प्रवर्धनका हेतुले ल्याइएका विभिन्न बैंकिंग सेवाहरु तथा डिजिटल बैंकिंग सम्बन्धी विभिन्न सेवाहरुको बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो।

ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आवद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने, डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्नुका साथै बैंकले आधुनिक बैंकिङ्ग,वित्तीय साक्षरता,उद्यमशीलता विकासका निमित्त बैंकले महासंघ संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउन मिति २०७८, असार २० गते दुई पक्षबीच सम्झौता पनि भएको थियो।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको