Like us!
Follow us!
Connect us!
Watch us!

'एनएमबि सरल बचत फन्ड - ई' मा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन

अर्थ संसार

सोमबार, २१ भदौ २०७८, १७ : ४१ मा प्रकाशित

'एनएमबि सरल बचत फन्ड - ई' मा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन

एनएमबि क्यापिटल लिमिटेडले भदाै १७ गते, बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला 'एनएमबि सरल बचत फन्ड–ई' मा आवेदन दिने आज (भदाै २१ गते, साेमबार) अन्तिम दिन थियाे ।

यस फण्डमा अन्तिम दिन साेमबार साँझ ५ बजेसम्म ९९ हजार ७ सय ३ जना लगानीकर्ताहरूले ६ कराेड ७९ लाख ५६ हजार ४ सय ३० इकाईका लागि आवेदन दिएका छन् । याे अन्तिम तथ्यांक भने हाेइन । अन्तिम तथ्यांक थाेरै तलमाथि पर्नसक्ने क्यापिटलले जनाएकाे छ । 

एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यस फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईकाे ४० प्रतिशत अर्थात ४ कराेड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

याे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको