Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीपले ४ विकेट लिँदा पीएनजी १३४ रनमा अलआउट

अर्थ संसार

मंगलबार, २२ भदौ २०७८, १३ : ४६ मा प्रकाशित

सन्दीपले ४ विकेट लिँदा पीएनजी १३४ रनमा अलआउट

पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा पपुवा न्युगिनीविरुद्धको नेपालले १३५ रनको लक्ष्य पाएको छ । पपुवा न्युगिनीलाई १३४ रनमै समेट्न युवा बलर सन्दिप लामिछानेले व्यक्तिगत महत्वपुर्ण योगदान गरे । 

ओमानको अल अमरेत क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १३४ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ तथा विक्रम सोब र कुशल मल्लले समान २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।

पीएनजीका लागि ओपनर लेगा सिएकाले सर्वाधिक ३० रन बनाए भने चार्ल्स अमिनीले २३, गाउडी टोकाले २२, विकेटकिपर किप्लिन डोरिगाले १५, सेसे बाउले १४ रन बनाए । चाड सोपर १७ रनमा अविजत रहे । पोकनाले १ रन जोडे ।

जासोन किला र डामिएन राभुले खाता समेत खोल्न सकेनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको