Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल्समा विशेष छुट

अर्थ संसार

मंगलबार, २२ भदौ २०७८, १६ : ३१ मा प्रकाशित

गरिमा विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल्समा विशेष छुट

गरिमा विकास बैंकले नेपालको एक प्रख्यात चेन होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’ सँग सम्झाैता गरेकाे छ । बैंकले डिलक्स रुममा ३५% छुट, फुड एण्ड वेभरेजमा १५% छुट साथै अन्य सेवा सुविधाहरुमा आकर्षित छुटको लागि सम्झौता गरेको हाे ।

सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकहरूले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नेछन् ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको