Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स म्युचुअल फण्ड १ र २ काे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

बुधबार, २३ भदौ २०७८, ०७ : ५० मा प्रकाशित

सिटिजन्स म्युचुअल फण्ड १ र २ काे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ काे लाभांश सुरक्षित गर्ने आज (भदाै २३ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

दुवै फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि भदाै २४ गते, बिहीबार एक दिनका लागि बुकक्लाेज गर्ने घाेषणा गरेका छन् । त्यसैले, आज (भदाै २३ गते, बुधबार) सम्म नेप्सेमा काराेबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंकद्वारा प्रवर्द्धन गरिएकाे तथा सिबिआईएल क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन भई सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ ले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घाेषणा गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको