Like us!
Follow us!
Connect us!
Watch us!

मोदी इनर्जीको आईपीओले कति पायो रेटिङ ?

अर्थ संसार

बुधबार, २३ भदौ २०७८, १७ : ३३ मा प्रकाशित

मोदी इनर्जीको आईपीओले कति पायो रेटिङ ?

मोदी इनर्जी कम्पनी लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘डबल प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रहेको संकेत गर्दछ ।

कम्पनीले आयोजना प्रभावित तथा सर्वसाधारणको लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ४२ करोड बराबरको ४२ लाख कित्ता आईपीओ निष्कासन गर्दैछ ।

कम्पनीले यसअघि नै आईपीओकाे निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको