Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार तेह्रथुम पावरको आईपीओ बाँडफाँड !

अर्थ संसार

विहीबार, २४ भदौ २०७८, ०९ : १६ मा प्रकाशित

शुक्रबार तेह्रथुम पावरको आईपीओ बाँडफाँड !

तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को नतिजा शुक्रबार बाँडफाँड हुने भएको छ ।  आईपीओको मंगलबार  प्रि=अलटमेन्ट सम्पन्न भैसकेको छ । 

उक्त साधारण सेयर (आईपीओ) को बाँडफाँड भदौ २५ गते, शुक्रबार गरिने  आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ । 

कम्पनीले भदौ ९ गते, बुधबारबाट भदौ १३ गते, आइतबारसम्म सर्वसाधारणहरुका लागि जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

अन्तिम दिनसम्म २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका थिए । यो आवेदन सर्वसाधारणका लागि माग गरिएको भन्दा ४२ गुणा बढी हो । 

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी २३ लाख २१ हजार ९ सय ४८ जनाको भने हात खाली हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको