Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा माछापुच्छ्रे बैंककाे ऋणपत्र सूचिकृत

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, १३ : ३६ मा प्रकाशित

नेप्सेमा माछापुच्छ्रे बैंककाे ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । 

स्टकका अनुसार “८.५० प्रतिशत माछापुच्छ्रे डिबेञ्चर २०८७” को २२ लाख ५३ हजार ४ सय ९६ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गते आइतबारबाट श्रावण १४ गते, बिहीबारसम्म १० वर्ष अवधिकाे  प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेकाे थियाे । जसमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई बिक्री गरेकाे थियाे । सर्वसाधारणका लागि निष्कासन गरिएकाे कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । 

613b0f6fc6403.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको