Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको अनलाईन डिम्याट खाता खोल्ने सुविधा  सञ्चालनमा

अर्थ संसार

सोमबार, २८ भदौ २०७८, १७ : २२ मा प्रकाशित

माछापुच्छ्रे बैंकको अनलाईन डिम्याट खाता खोल्ने सुविधा  सञ्चालनमा

माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

विगत लामो समयदेखि डिम्याट लगायत सेयर आवेदन सम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई  आवेदन दिन मिल्ने गरी अनलाईनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।

ग्राहकहरूले अनलाइर्न मार्फत डिम्याट खाता खोल्न बैंकको वेवसाईटमा रहेको Apply Now Section मा गई वा सिधै https://www.machbank.com/demat/ लिंक प्रयोग गरेर सहजै अनलाईनबाट डिम्याट खाता खोल्न सक्नेछन् । माछापुच्छ्रे बैंकमा खाता हुने ग्राहकहरुले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने माछापुच्छ्रे बैंक बाहेक अन्य बैंकमा बैंक खाता रहेका ग्राहकहरुले अनलाईन मार्फत डिम्याट खाता खोल्ने प्रकृया पूरा गरीसकेपछि एकपटक आफुलाई पायक पर्ने माछापुच्छ्रे बैंकको शाखा कार्यालयमा गई परिचय खुल्ने कागजात सहित स्वयं उपस्थित भएपश्चात डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् ।

कोरोना माहमारीको जोखिम कायमै रहिरहेको समयमा, कोरोना संक्रमणबाट बच्न र यसलाई समुदायमा फैलिन नदिन साथै देशका जुनसुकै स्थानबाट समेत सजिल्यै डिम्याट खाता खोली सेयर कारोबार गर्न सहज होस् भन्ने उद्धेश्यका साथ बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको