Like us!
Follow us!
Connect us!
Watch us!

नेतृत्वबिहीन बनेकाे धितोपत्र बोर्डको निमित्तको जिम्मेवारी निरज गिरीलाई

अर्थ संसार

मंगलबार, २९ भदौ २०७८, १३ : ३० मा प्रकाशित

नेतृत्वबिहीन बनेकाे धितोपत्र बोर्डको निमित्तको जिम्मेवारी निरज गिरीलाई

नियामक निकाय नेपाल धिताेपत्र बाेर्डकाे निमित्त अध्यक्षमा बोर्डका कार्यकारी निर्देशक निरज गिरी नियुक्त भएका छन् । अर्थ मन्त्रालयले हिजाे (भदौ २८ गते, सोमबार) गिरीलाई बोर्डको दैनिक प्रशासनिक कार्य र बाेर्ड सञ्चालन गर्न जिम्मेवारी दिएको हो।  

भदाै १६ गते, बुधबार बसेकाे मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियाे । सरकारले गठन गरेको टोलीमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र  नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् ।

छानबीन गर्न समिति गठन गरेसँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगाना आफ्नो काम कारबाहीबाट निलम्बनमा परेका थिए । कानून विपरित सर्वाेत्तम सिमेन्टकाे सेयर छाेरिकाे नाममा खरिद गरेकाे विषयमा उनकाे छानबिन भइरहेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको