Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदरको प्रभाव सेयर बजारमाः ६४ अंकले घट्यो नेप्से परिसूचक

नेप्से

विहीबार, ३१ भदौ २०७८, १२ : ३१ मा प्रकाशित

ब्याजदरको प्रभाव सेयर बजारमाः ६४ अंकले घट्यो नेप्से परिसूचक

विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले भोलि असोज १ गते लागु हुने गरी कर्जा तथा निक्षेपमा लागुहुने नयाँ ब्याजदर सार्वजनिकर गरेका छन् । सार्वजनिक नयाँ ब्यादरमा अभिकांश बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर बढाउँदा त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पनि देखिएको छ । 

विभिन्न बैंहरुको प्रकाशित ब्यादरमा अधिकांश बैकहरुले ९ प्रतिशतको हारहारीमा ब्यादर कायम गरेको देखिन्छ भने सनराईज बैंकले भने १०.०६ प्रतिशतसम्म मुद्दति निक्षेपमा ब्याज दिने जनाएको छ । यसरी बैंकहरुले ब्याजदर बढाउँदा सेयर बजारमा भने नकारात्मक प्रभाव परेको हो । 

यो समाचार तयार पार्दा सम्म नेप्से परिसुचक ६४.७६ अंकले घटेर २८२४.२८ को बिन्दुमा पुगेको छ । 

6142e8b0c39ff.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको