Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको दोश्रो चरणको आन्दोलन सुरू, आज आमरण अनसन बस्दै

अर्थ संसार

विहीबार, ३१ भदौ २०७८, १२ : ४२ मा प्रकाशित

लगानीकर्ताको दोश्रो चरणको आन्दोलन सुरू, आज आमरण अनसन बस्दै

लगानीकर्ताहरूले दोश्रो चरणको आन्दोलन सुरू गर्ने भएका छन् । दोश्रो चरणअन्तर्गत आज २ बजेबाट आमरण अनसन सुरू गरिने भएकाे हाे ।

आज २ बजेबाट नेपाल स्टक एक्सचेञ्जको प्राङ्गणमा युवा लगानीकर्ता आदित्य शिवाकोटी आमरण अनसन बस्ने कार्यक्रम तय भएका पुँजीबजार सुधार सङ्घर्ष समितीका संयोजक रोहन कार्कीले बताएका छन् । उनले भने "२ दिन हामीलाई वार्ताका नाममा झुलाउने काम भयो अब हाम्रा मागहरु पुरा नहुँदासम्म आमरण अनसनको कार्यक्रम चलिरहन्छ नियामक निकाहरुले मनलाग्दी रुपले लगानीकर्ताहरुको सम्पती माथि खेल्ने परम्परा बन्द हुनुपर्छ भन्ने नै हाम्रो मुख्य माग हो ।" 

यसै समितीले सेयर धितो कर्जाको सीमाको विरोध गर्दै भदाै २१ गते, साेमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष विभिन्न १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए । 

उनीहरूले गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग गरेका हुन् । नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको  थियो । 

मागहरु सम्बोधन नभएकाे हुनाले भदौ २३ गतेदेखि भदाै २९ गतेसम्म दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघरमा रिले अनसन बसिरहेका थिए ।

उनीहरूलाई सेबोन, राष्ट्र बैंक र अर्थमन्त्रालयले वार्ताका लागि पनि बोलाएका थिए । तर वार्ता सकारात्मक नभएपछि उनीहरूले थप दवाव दिनका लागि आमरण अनसन सुरू गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको