Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार

आइतबार, ०३ असोज २०७८, ०६ : ५० मा प्रकाशित

लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औँ बार्षिक साधारणसभा आह्वान गरेको छ  ।

कम्पनीको असोज १ गते बसेको सञ्चालक समितीको बैठकले बार्षिक साधारणसभा असोज २३ गते शनिबार चितवन गार्डेन रिसोर्ट भरतपुर चितवनमा बिहान ११ बजेबाट गर्ने निर्णय गरेको हो । कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि असोज १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।

साधारण सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्ने छ । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक  नियुक्ती  गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको