Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभुमि हाइड्रोले स्थानियका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड, ९ हजारको हात खालि

अर्थ संसार

आइतबार, ०३ असोज २०७८, ०७ : ४८ मा प्रकाशित

बुद्धभुमि हाइड्रोले स्थानियका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड, ९ हजारको हात खालि

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित जिल्ला नुवाकोटका लागि निष्कासन गरेको ४ लाख कित्ता आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । 

कम्पनीले कुल अनुमति पाएको १२ लाख कित्ता सेयर मध्य ४ लाख कित्ता सेयर आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका बासिन्दाका लागि निष्कासन गरेको थियो । स्थानियले कम्पनीको आईपिओमा साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आवेदन दिएका थिए । 

उक्त आईपीओमा ४९ हजार ३१० जना आवेदकले ३२ लाख ९ हजार १०३ कित्ताका लागि आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेपछि गोला प्रथाद्वारा आईपीओ बाँडफाँट गरिएको हो । ४९ हजार ३१० जना आवेदकमध्ये ४० हजार आवेदकले १० कित्ताका दरले आईपीओ पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको