Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभुमि नेपाल हाइड्रोपावर घाटामा, बिद्युत बिक्रि आम्दानी १.३६ करोड

अर्थ संसार

सोमबार, ०१ फागुन २०७९, ०७ : १४ मा प्रकाशित

बुद्धभुमि नेपाल हाइड्रोपावर घाटामा, बिद्युत बिक्रि आम्दानी १.३६ करोड

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनी घाटामा रहेको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा १ करोड ४६ लाख ४० हजार रुपैयाँ खुद नोक्सानीमा छ । गत वर्षको यसै अवधिसम्ममा कम्पनी ५७ लाख १९ हजार रुपैयाँ खुद नोक्सानीमा थियो । 

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १ करोड ३६ लाख १४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् उत्पादन नै सुरु गरेको थिएन । 
 
हाल चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार ६ करोड ७१ लाख रुपैयाँ नकारात्मक रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५४ पैसा नकारात्मक र प्रतिसेयर नेटवर्थ ८६.५४ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको