Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभुमि नेपालको आईपीओ आज बाँडफाँड हुँदै, सेयर पाउने भाग्यमानी कति ?

अर्थ संसार

शुक्रबार, २२ असोज २०७८, ०८ : ०६ मा प्रकाशित

बुद्धभुमि नेपालको आईपीओ आज बाँडफाँड हुँदै, सेयर पाउने भाग्यमानी कति ?

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओको बाँडफाँड आज (असोज २२ गते, शुक्रबार) हुँदैछ । उक्त आईपीओको बाँडफाँड बिहान १०स्३० बजे निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

अन्तिम दिनसम्म २१ लाख ११ हजार ८ सय १९ जना आवेदकहरूले २ करोड ६५ लाख ३१ हजार ४० कित्ताका लागि आवेदन दिएका थिए । माग भन्दा धेरैको आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसअनुसार ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । बाँकी २० लाख ३७ हजार भन्दा धेरैको भने हात खाली हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको