Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभुमी नेपालले गर्यो सेयर रजिष्ट्रार नियुक्त, आईपिओ सुचिकृत कहिले ?

अर्थ संसार

शुक्रबार, १७ मंसिर २०७८, ०७ : ०८ मा प्रकाशित

बुद्धभुमी नेपालले गर्यो सेयर रजिष्ट्रार नियुक्त, आईपिओ सुचिकृत कहिले ?

करिब २ महिना अघि आईपिओ बाँडफाँड गरेको बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

अब उप्रान्त कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत हुनेछ । कम्पनीको आईपिओ बाँडफाँडको काम असोज २३ गते सम्पन्न भइसकेको भएतापनि हालसम्म पनि कम्पनीको आईपिओ दोस्रोबजारमा सुचिकृत भएको छैन । सेयर रजिष्ट्रार चयनसंगै आईपिओ सुचिकृतको प्रक्रिया अघि बढेको र केहि दिन भित्रमै नेप्सेमा सुचिकृत हुने कम्पनीले जनाएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र सर्वसाधारणहरूका लागि बाँकी ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्म २० लाख ३० हजार ९ सय ५५ जना आवेदकहरूले आवेदन दिएका थिए । जसमध्ये १६ हजार ३३ जनाको आवेदन रद्द भएको  जस अनुसार २० लाख १४ हजार ९ सय २२ जना मात्र योग्य आवेदक थिए ।  गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारेका थिए । बाँकी १९ लाख ५६ हजार ५ सय ५५ जनाको भने हात खाली भएको थियो । 

61a9738a14031.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको