पुँजीबजार सुधार सङ्घर्ष समितीकाे आयाेजनामा लगानीकर्ताहरूले आज (असाेज ५ गते, मंगलबार) नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड घेराउ गर्ने भएका छन् ।
राष्ट्र बैंककाे १२ कराेडकाे सीमा खारेजीकाे माग गर्दै लगानीकर्ताहरूले विभिन्न प्रकारका आन्दाेलन गर्दै आइरहेका छन् । साेही अन्तर्गत आज उनीहरूले सेबाेनकाे अगाडि दिउँसाे ३ बजे विराेध कार्यक्रम गर्ने भएका हुन् ।
पुँजीबजारको विकास, विस्तार, लगानीकर्ताको हकहित र लगानी सुरक्षालाई मध्यनजर गर्दै, पुँजी बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नियमन एवं सुपरिवेक्षण गर्ने सर्वपरि संस्थाहरु र अधिकार प्राप्त व्यक्तिहरुले बेला बेलामा प्रदर्शन गर्ने पूँजी बजारको विकास विपरितका काम र कदमहरुको विरुद्धमा लगानीकर्ताहरूले बेला बखतमा विभिन्न माध्यमहरुबाट खबदरदारी गरिरहेका छन् ।
संस्थाको अधिकार प्राप्त पदमा बसेर समग्र पूँजीबजारलाई नकारात्मक प्रभाव पर्ने विभिन्न गतिविधिहरु भैरहेको अहिलेकाे अवस्थामा उनीहरूले विभिन्न माध्यमबाट विराेध गरिरहेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस