Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरुले घेरे सेबाेन

अर्थ संसार

मंगलबार, ०५ असोज २०७८, १५ : ४७ मा प्रकाशित

लगानीकर्ताहरुले घेरे सेबाेन

पुँजीबजार सुधार सङ्घर्ष समितीकाे आयाेजनामा लगानीकर्ताहरूले आज (असाेज ५ गते, मंगलबार) नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड घेराउ गरेका छन् ।

राष्ट्र बैंककाे १२ कराेडकाे सीमा खारेजीकाे माग गर्दै लगानीकर्ताहरूले विभिन्न प्रकारका आन्दाेलन गर्दै आइरहेका छन् । साेही अन्तर्गत आज उनीहरूले सेबाेनकाे अगाडि विराेध कार्यक्रम गरेका हुन् । 

पुँजीबजारको विकास, विस्तार, लगानीकर्ताको हकहित र लगानी सुरक्षालाई मध्यनजर गर्दै, पुँजी बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नियमन एवं सुपरिवेक्षण गर्ने सर्वपरि संस्थाहरु र अधिकार प्राप्त व्यक्तिहरुले बेला बेलामा प्रदर्शन गर्ने पूँजी बजारको विकास विपरितका काम र कदमहरुको विरुद्धमा लगानीकर्ताहरूले बेला बखतमा विभिन्न माध्यमहरुबाट खबदरदारी गरिरहेका छन् ।

संस्थाको अधिकार प्राप्त पदमा बसेर समग्र पूँजीबजारलाई नकारात्मक प्रभाव पर्ने विभिन्न गतिविधिहरु भैरहेको अहिलेकाे अवस्थामा उनीहरूले विभिन्न माध्यमबाट विराेध गरिरहेका हुन् ।

लगानीकर्ताहरु यस्तो प्यानिक अवस्थामा हुँदा समेत लगानीकर्ता संघ संगठनहरु किन मौन ? Radha Pokharel

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको