Like us!
Follow us!
Connect us!
Watch us!

न्यादी हाइड्रोपावरको आईपिओ बाँडफाँड आज

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, ०६ : ५० मा प्रकाशित

न्यादी हाइड्रोपावरको आईपिओ बाँडफाँड आज

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज असोज ६ गते बुधबार हुने भएको छ ।

बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईीपओ बाँढफाँड आज साँझ ५ः३० बजे आईपिओ निष्काशन तथा बिक्रि प्रबन्धकको कार्यलय नक्साल काठमौडौमा हुने छ । लमजुङका आयोजना प्रभावित स्थानीय र संस्थापक शेयरधनीहरुले यहि भदौ १५ गतेसम्म आइपीओमा आबेदन दिएका थिए। 

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । कम्पनीले आयेजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा।वि।स।का वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा।वि।स। र साविक भुलभुले गा.वि.स. का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता सेयर निष्कासन गरेको हो । बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्कासन गरेको हो ।

कम्पनीले नागरिक लगानी कोषलाई सेयर प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरिसकेको हुनाले सेयर जारि गर्दा बिक्रि नभई बाँकि रहेको सेयर कोषले  खरिद गर्ने छ ।  कम्पनीले लमजुङमा ३० मेगावाटको  न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ भने कम्पनीमा बुटवल पावरको समेत लगानी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको