Like us!
Follow us!
Connect us!
Watch us!

प्यान के हाे ? प्यान लिन किन आवश्यक छ ?

अर्थ संसार

बुधबार, ०६ असोज २०७८, १४ : २१ मा प्रकाशित

प्यान के हाे ? प्यान लिन किन आवश्यक छ ?

स्थायी लेखा नम्बर अथवा प्यान भनेकाे कर प्रयोजनको लागि प्रत्येक करदातालाई पहिचान दिन दिइने अद्वितिय (Unique) र स्थायी (Permanent) संकेत हो । यो ९ अंकको हुन्छ । यो संकेत एक पटक लिई सकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण परिवर्तन भए पनि सो करदाताका लागि सँधै भरि सोही संकेत अंक कायम रहने भएकोले यसलाई स्थायी लेखा नम्बर भनिएको हो । यसलाई अंग्रेजीमा Permanent Account Number र छोटकरीमा PAN भनिन्छ । व्यक्तिको लागि यो कर तिर्ने प्रयोजनको लागि प्रयोग गरिन्छ । यो व्यवसाय, रोजगारी एवं लगानीको पहिचान जनाउने नम्बर पनि हो । कम्प्यूटर प्रणालीबाट सृजना हुने नौ अंकको  स्थायी लेखा नम्बरको उदाहरणः १००३६२२५७ 

प्यान लिन किन आवश्यक छ ?

उद्योग, व्यापार, पेशा, व्यवसाय (फर्म नराखी स्वतन्त्र व्यवसाय गर्ने प्राकृतिक व्यक्तिसमेत), रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोबार, बैंकिङ्ग कारोवार, जारी गर्ने बिल बिजक, खाता बही, कागजात तथा आय विवरण लगायत कर सम्बन्धी सम्पूर्ण विवरणमा प्यानको उल्लेख गर्न अनिवार्य भएकोले प्यान लिनु पर्दछ । साथै यो नम्बरले करदातालाई एउटा विशिष्ट पहिचान दिने हुँदा आफ्नो व्यवसाय गर्न र सोमा सम्बद्ध राजस्व दाखिला गर्न प्यान लिए पछि सहज हुने भएकोले प्यान लिन आवश्यक छ ।

प्यान कसरी जारी गरिन्छ ?

प्यान दुई किसिमबाट जारी गरिन्छ । कार्यालयमा दरखास्त बुझाएर वा विद्युतीय माध्यमबाट दरखास्त दिएर । Personal तथा Business PAN को लागि आन्तरिक राजस्व विभागको वेब साइट www.ird.gov.np मा गई त्यहाँ उपलब्ध फाराम (प्यान पाउनका लागि गरिने दरखास्त फाराम) अनलाईनको माध्यमबाट भरी त्यसको Print Out वा Submission Number लिएर वा आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुमा प्राप्त हुने दरखास्त फाराम पूर्ण रुपमा भरी सो साथ आवश्यक पर्ने कागजातहरु समेत संलग्न गरी आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुमा दरखास्त गर्न सकिन्छ । यसरी दरखास्त प्राप्त भएपछि आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुले जाँचबुझ गरी कम्प्यूटर प्रणालीबाट प्यान जारी गर्दछन् ।

अनलाइनबाटै यसरी निकाल्नुहोस् प्यान कार्ड

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको