Like us!
Follow us!
Connect us!
Watch us!

पाइलट एसोसिएशन र एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएशनबीच उडान सुरक्षा सुधारमा केन्द्रित बैठक सम्पन्न

अर्थ संसार

सोमबार, ०१ मंसिर २०८२, १७ : ५१ मा प्रकाशित

पाइलट एसोसिएशन र एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएशनबीच उडान सुरक्षा सुधारमा केन्द्रित बैठक सम्पन्न

पाइलट एसोसिएशन अफ नेपाल (PAN) र नेपाल एयर ट्राफिक कन्ट्रोलर्स एसोसिएशन (NATCA) बीच उडान सुरक्षासम्बन्धी समन्वय र सञ्चार प्रणालीलाई अझ प्रभावकारी बनाउन लक्षित अनौपचारिक बैठक मंसिर १ गते (१६ नोभेम्बर २०२५) काठमाडौंको होटल क्रिस्टल, पशुपतिमा सम्पन्न भएको छ।

दुवै संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त बैठकमा विशेषगरी उडान सञ्चालनका क्रममा देखिने सञ्चार चुनौती, टर्मिनल र enroute सेक्टरमा आवश्यक समन्वय, अवतरण प्रक्रियामा पर्ने दबाब, र काठमाडौं हवाई क्षेत्रसँग सम्बन्धित वर्तमान समस्याहरू विषयगत रूपमा चर्चिएको थियो। NATCA तर्फबाट उपाध्यक्ष हिना झाको नेतृत्वमा आएको टोलीले आफ्नो अनुभव र सुझाव पेश गरेको थियो।

बैठकमा सहभागी पाइलट र ATC टोलीका सदस्यहरूले approach sequencing, holding instructions तथा समयमा जानकारी नपुग्दा हुने प्रभावबारे स्पष्ट रुपमा अनुभव साझा गरे। समयमै र स्पष्ट सूचनाको आदानप्रदानले मात्र उडान सञ्चालनको दवाब कम हुने र सुरक्षा स्तर मजबुत हुनेमा सबै सहभागीहरू एकमत देखिए।

कार्यक्रममा PAN का अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले सहकार्यका यस्ता कार्यक्रमले पाइलट र कन्ट्रोलरबीच थप विश्वास निर्माण हुने बताए। उनले आगामी दिनमा यसरी नै निरन्तर संवाद र अन्तरक्रिया आयोजना गर्नुपर्ने आवश्यकता औंल्याउँदै PAN–NATCA सहकार्यलाई संस्थागत बनाउनुपर्ने प्रस्ताव राखे।

क्याप्टेन नजिर उद्दिन शेख, क्याप्टेन रविन्द्र डंगोल, र क्याप्टेन सुरज भण्डारीले दैनिक उडान प्रणालीमा देखिने चुनौती, सुधारका क्षेत्र र भविष्यमुखी सम्भावनाबारे विशद टिप्पणी गरे। विशेषतः क्याप्टेन सुरज भण्डारीले PAN पाइलटहरूको पेशागत पहिचानलाई शैक्षिक मूल्याङ्कनसमेत उपलब्ध गराउने उद्देश्यले National Vocational Qualifications System (NVQS) सँग सहकार्य गर्न लागेको जानकारी गराए। उनले ATC समुदायलाई पनि त्यही ढाँचामा पेशागत मान्यता उपलब्ध गराउन NATCA सँग सहकार्यमा अघि बढ्न आग्रह गरे।

NATCA तर्फबाट सब्दा कुमार कर्ण, सुभाष खड्का, सुष्मिता रावत र सजया भट्टराईले आफ्नो पक्षका चुनौती र अनुभवहरू प्रस्तुत गर्दै, दुवै संस्थाको सहकार्यबाट नेपालको पूरा विमानन क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गरे।

बैठकको अन्त्यमा PAN प्रतिनिधि किस्मत पछाईले PAN को स्थापना कालदेखि अहिलेसम्मको यात्रा र गतिविधिबारे जानकारी दिँदै दुवै संस्थाबीचको सहकार्यलाई दीर्घकालीन रूपमा मजबुत बनाउने लक्ष्य दोहोर्याए। उनले चाँडै दुबई संस्थासँग सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मा FOD collection program सञ्चालन गर्ने प्रस्ताव राखे।

कार्यक्रम अपि इन्फ्राको प्रायोजनमा सम्पन्न भएको थियो। अपि इन्फ्राले ललितपुरको झम्सिखेलमा सुविधा सम्पन्न अपार्टमेन्ट निर्माण गरिरहेको छ। 

691b2dc756178.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको