Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकद्वारा खातामा प्यान अद्यावधिक गर्न आग्रह

अर्थ संसार

शनिबार, ३१ जेठ २०८२, ०८ : ५४ मा प्रकाशित

एनआईसी एशिया बैंकद्वारा खातामा प्यान अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ। आयकर ऐन २०५८ बमोजिम नेपाल सरकारअन्तर्गत आन्तरिक राजस्व विभागले जारी गर्ने प्यान प्रणालीसँग करकट्टी विवरण मिलान गर्न आवश्यक भएकाले बैंकले यस्तो अनुरोध गरेको हो।

बैंकका अनुसार ग्राहकहरूले आफ्नो प्यान बैंकको वेबसाइट वा मोबाइल बैंकिङ एप प्रयोग गरी “PAN Update” विकल्पमा गई सजिलै अद्यावधिक गर्न सक्नेछन्। साथै, आवश्यक परेमा ग्राहकले नजिकको शाखा कार्यालयमा गएर पनि प्यान अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको छ।

एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाका अनुसार, ब्याज भुक्तानीबाट गरिएको करकट्टी विवरण भ्याट सिस्टम (भ्याटमो) मा अद्यावधिक गर्न प्यान अनिवार्य छ। प्यान अद्यावधिक भएपछि उक्त विवरण आन्तरिक राजस्व विभागको अनुसूची १० मा स्वचालित रूपमा मिलान हुनेछ। यसले ग्राहकलाई कर प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न मद्दत पुग्नेछ। साथै, यसका लागि बैंकसम्म जानुपर्ने झन्झट पनि अन्त्य हुने बैंकको विश्वास छ।

बैंकले स्पष्ट रूपमा भनेको छ कि यदि प्यान अद्यावधिक नगरिएको कारणले भ्याट सिस्टममा ब्याज कर दाखिला नभएको वा पछि समायोजन गर्नुपरेको खण्डमा बैंक जिम्मेवार नहुने छ।

यसअघि प्यान उपलब्ध गराइसकेका ग्राहकले पनि यदि आफ्नो करकट्टी विवरण सिस्टममा नदेखिएको अनुभव गरेका छन् भने नजिकको शाखा कार्यालय वा बैंकको ग्राहक सेवा केन्द्र (१६६०–०१–७७७७१ / ०१–५९७०१०१) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको