अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गर्नुभएको 'नेपालको वर्तमान आर्थिक स्थितिपत्र' ले नेपालको राजस्व प्रशासनमा रहेको चरम असन्तुलनलाई उजागर गरेको छ।
श्वेतपत्रका अनुसार हालसम्म स्थायी लेखा नम्बर (PAN) लिनेको संख्या ७५ लाख ४९ हजार नाघे तापनि कुल आन्तरिक राजस्वको ५१ प्रतिशत हिस्सा केवल १०० वटा ठूला करदाताबाट मात्र संकलन भइरहेको छ। यसले नेपालको राजस्वको आधार अत्यन्तै संकुचित रहेको र केही सीमित करदातामा मात्र राज्य निर्भर रहेको देखाउँछ।
यस्तै, कर कानुनको पालना नगर्ने प्रवृत्ति पनि डरलाग्दो देखिएको छ। श्वेतपत्रमा उल्लेख भएअनुसार मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएका करदातामध्ये ४० प्रतिशत र आयकरको दायरामा रहेका ६० प्रतिशत करदाताले नियमित रूपमा आफ्नो विवरण बुझाउँदैनन्।
दर्ता भएका ठूलो संख्याका करदाता कर प्रणाली बाहिर रहनुले वित्तीय अनुशासन र पारदर्शितामा प्रश्न उठाएको छ। अर्थमन्त्री वाग्लेले राजस्वको दायरा फराकिलो बनाउन र कर अनुपालनालाई कडाइका साथ लागू गर्न संरचनात्मक सुधारको आवश्यकता रहेकोमा जोड दिनुभएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस