Like us!
Follow us!
Connect us!
Watch us!

'एनएमबि सरल बचत फन्ड - ई' बाँडफाँड, कसले कति पाए ?

अर्थ संसार

विहीबार, ०७ असोज २०७८, ११ : २३ मा प्रकाशित

'एनएमबि सरल बचत फन्ड - ई' बाँडफाँड, कसले कति पाए ?

एनएमबि क्यापिटल लिमिटेडले भदाै १७ गते, बिहीबारबाट भदाै २१ गते, साेमबारसम्म निष्कासन तथा बिक्री खुल्ला 'एनएमबि सरल बचत फन्ड–ई' बाँडफाँड गरिएकाे छ । 

फण्डमा आवेदन दिने ९२ हजार ५ सय ९४ जना याेग्य आवेदक रहेका थिए । जसमध्ये १०० कित्तादेखि ९ हजार कित्तासम्मका लागि आवेदन दिने ९१ हजार ७ सय १७ जनालाई माग अनुसार, ९ हजार ५ सय कित्तादेखि ३० लाख कित्तासम्म आवेदन दिने ८७७ जनालाई ९ हजार ४ सय ९० कित्ता र बाँकी ७ हजार ९० कित्ता भने ७ सय ९ जना आवेदकहरूलाई गाेलाप्रथाबाट समान १० कित्ता बाँडिएकाे क्यापिटलले जनाएकाे छ । 

एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यस फण्डले प्रतिइकाई १० रूपैयाँ मूल्य अंकित दरमा १० करोड इकाईकाे ४० प्रतिशत अर्थात ४ कराेड इकाई प्रथम चरणमा निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये १४ प्रतिशत इकाई अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंकलाई तथा १ प्रतिशत १० लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित राखी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको